• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

ताक्सुगाड जलविद्युत् आयोजना निर्माण चरणमा जाँदै


  •   बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
  • हेमन्त केसी
    सुर्खेत, १३ मंसिर  ।  जाजरकोटको नलगाड जलविद्युत् आयोजना निर्माणका लागि निर्माण हुन लागेको ताक्सुगाड जलविद्युत् आयोजना दुई महिनाभित्र निर्माण प्रक्रियामा लिने तयारी थालिएको छ । ताक्सुगाड जलविद्युत् आयोजना ७.१ मेगावाटको सबै प्रक्रिया पूरा गरेर निर्माणको लागि बोलपत्रको काममा जुटेको आयोजनाका इन्जिनियर पदम थापाले जानकारी दिए ।

    Advertisement

     

    आयोजना निर्माण स्थलमा रहेको घर ,जग्गाको मुआव्जा दिनका लागि बिहीबार सूचना प्रकाशित गरि छुटेका भए जानकारी गराउन अनुरोध गरिएको छ । १५ दिन भित्र छुटेका जग्गाको नाम टिपाउनका लागि आयोजनाले अनुरोध गरेको इन्जिनियर थापाले बताए । यो नलगाड जलविद्युत् आयोजनाको सहायक आयोजना हो । नलगाड नगरपालिका –१० मा विद्युत उत्पादन गृह निर्माणदेखि नहर निर्माण हुनेछ । आयोजनाका लागि आवश्यक पर्ने ७३ जना स्थानीयबासीको जग्गा अधिग्रहण गर्न प्रक्रियागत काम सुरु भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले आयोजनालाई आवश्यक पर्ने घर ,जग्गा अधिग्रहण गर्न पहिलो चरणमा ७३ जना सर्वसाधारणको नामावली प्रकाशित गरिएको छ । 

     

    प्रजिअ सुरेश सुनारले जग्गा र घरहरुको अनुगमण गरेर पहिलो चरणमा ७३ जना स्थानीयबासीको जग्गा आयोजनाबाट प्रभावित हुने पाइएको र छुटेको भए १५ दिन भित्र सम्पर्क गर्न आग्रह गरिएको छ ।  ६७ रोपनी जग्गा अधिग्रहण हुन लागेको छ । आयोजना निर्माण गर्नका लागि १ हजार ८०० मिटर लामो टर्नेल माफित ताक्सुगाडको पानी विद्युत् उत्पादन गृहमा पुर्याइने छ । आयोजना ३० महिना भित्र निर्माण कार्य पूरा हुने लक्ष्य रहेको आयोजनाले बताएको छ । रु १ अर्ब ४५ करोड रुपैयाँमा आयोजनाको लागत रहेको इन्जिनियर थापाले बताउनुभयो । यो आयोजना निर्माण कार्य पूरा भएमा मात्र नलगाड जलविद्युत आयोजना निर्माण गर्नको थप बाटो खुल्नेछ । 

     

    नलगाड जलविद्युत आयोजना ४१७ मेगावाट निर्माण गर्नका लागि सहायक आयोजनाका रुपमा लिइएको ताक्सुगाड भेरी करिडोरको बीचमा रहेको छ । नलगाड जलविद्युत् आयोजना नलगाड नगरपालिका–७ दल्लीमा विद्युत् उत्पादन गृह रहेने छ भने बाध बारेकोट गाउँपालिका–८ अधेरीखोलामा रहेको छ । नलगाड जलविद्युत आयोजना निर्माण गर्न आवश्यक पर्ने विद्युत ताक्सुगाडबाट लिनुपर्ने बाध्यता रहेकाले दुइ महिना भित्र निर्माण कार्यमा जानका लागि बोलपत्रको काम सुरु गर्न लागिएको इन्जिनियर थापाले बताए ।

     

    नलगाडको लगानी सुनिश्चित गरेर यसै बर्ष निर्माणमा जाने तयारी 

    नलगाड जलविद्युत् आयोजना ४१७ मेगावाटको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत भएसँगै आयोजना निर्माणको लागि बाटो खुलेको छ  । कात्तिक १५ गते ईआइए स्वीकृत भइसकेको थियो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतको जिल्लामा निर्माण हुन लागेको यो आयोजना लामो समय देखि प्रगती बिहीन अवस्थामा थियो । मन्त्री बस्नेतले उक्त आयोजनाको डिपिआर देखि ईआइए स्वीकृत सम्मको कामलाई तिब्रता दिएपछि आयोजना निर्माण हुने सम्भावना बढेर गएको सरोकारवाला निकायहरु बताउँछन् । अब आयोजनाको लागनीकत्र्ताको लागि पहल भइरहेको मन्त्री बस्नेतले बताए । जाइकादेखि अन्य बिभिन्न विकास साझेदार निकायसँग पटक ,पटक छलफल भएको मन्त्री बस्नेतले बताए ।

    यसरी हुँदै छ निर्माण कार्य ? 

    नलगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को जिम्मा अष्ट्रेलियाको स्मेक इन्टरनेशनल प्रालि, अमेरिकाको एमडब्लुएच इन्टरनेशनल आरएनसी र नेपाली उदय कन्सल्टेन्सीले पाएका थिए । आयोजना निर्माणस्थलमा प्रभावित हुने क्षेत्र बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाभित्र पर्ने नलगाड नदीमा निर्माण हुन लागेको नलगाड जलविद्युत आयोजनाबाट यहाँका फलाम, तामाखानी, जलचर, कस्तुरी, चिरकालिज, सुनगिद्ध, मृग तथा शिलाजित लगायत जडीबुटीलाई पर्ने प्रभावका विषयमा यहाँका स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

    पुस्तौँदेखि बस्दै आएका स्थानीयवासीलाई उचितरूपमा व्यवस्थापन गर्नुपर्ने र आयोजना निर्माणस्थलबाट विस्थापित भएकालाई राज्यले कति वर्षसम्म सहयोग गर्ने हो त्यो समेत किटान गर्न आग्रह गर्दै सकेसम्म स्थानीयस्तरमै बसोबासको व्यवस्थापन गर्न आग्रह गरेका छन् । कर्णाली प्रदेशको सामरिक महत्वका रूपमा हेरिएको यो आयोजना निर्माण गर्न कम खर्चिलो हुनाका साथै सजिलोसमेत भएको ऊर्जाविज्ञको तर्क छ । 

    आयोजना निर्माणका लागि रु एक खर्ब २३ अर्ब लाग्ने अनुमान गरिएको छ । वातावरणीय व्यवस्थापन अनुमानित लागत रु ५६ अर्ब लाग्ने आयोजनाले बताएको छ । यो आयोजना निर्माण कार्य साढे छ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ । आयोजनाको बाँध भरिँदा ४७४ करोड घनमिटर पानी भण्डारण हुनेछ । यो निर्माणस्थल समुद्री सतहदेखि एक हजार ५८० सम्मको उचाइमा पुग्नेछ । यहाँ ५४५ मिटर चौडाइ र २१० मिटर अग्लो जलाशय बन्नेछ । आठ हजार ३०० मिटर लामो भूमिगत सुरुङ निर्माण गरी ४१७ मेगावाट विद्युत् उत्पादन हुने डिपिआरमा उल्लेख छ ।  आयोजना निर्माणपछि हरित ग्यासको उत्सर्जन घट्ने र कार्बनडाइअक्साइडको उत्सर्जन हुनबाट सात लाख १७ हजार टन बचत हुनेछ । आयोजनाले क्षेत्रीय पूर्वाधारको विकास, विदेशी मुद्रा आर्जन, पर्यटन, ग्रामीण अर्थतन्त्रको विकास र विस्तार एवं रोजगारीको सिर्जना, व्यापार व्यवसायको अवसरमा वृद्धि हुने अपेक्षा रहेको छ । सुक्खा मौसमयमा यो आयोजनाबाट ६०४.९ गिगावाट प्रतिघण्टा विद्युत उत्पादन हुने डिपिआरमा उल्लेख छ । 

    ५०३ घरको मुआब्जा दिइँदै 

    ५०३ वटा घरको झण्डै ९० करोड बराबरको रकम आयोजनाले स्थानीयलाई उपलब्ध गराउने अन्तिम तयारी रहेको छ । नलगाड नगरपालिका भित्रका वडा नम्बर २,५,७ र ८ र बारेकोट गाउँपालिका १,२,५,६,७,८ र ९ का सर्वसाधारणहरु आयोजनाबाट प्रभावित हुने छन् । आयोजनाले १ हजार ५९० मिटर उचाइ सम्मको घरको मात्र मुआब्जा दिनका लागि विवरण तयार गरेको छ । सो उचाइ सम्म जम्म ५०३ घरधुरी रहेका छन् । यत्ता परामर्शदाताले तयार पारेको विवरण अनुसार वातावरणीय प्रभाव मूल्यांकनको रिर्पोटले १ हजार १७२ घरधुरी प्रभावित हुने औल्याएको छ । 

    जग्गाको मुआव्जा भने आयोजनाले बितरण गरी सकेको छ । ७ वर्ष लगाएर डिपिआरको काम पुरा भएपनि डिपिआर स्वीकृत हुने क्रम्मा रहेको छ ।  तिहार सम्म सबै डिपिआरको प्रतिबेदन स्वीकृत हुने तयारीमा रहेको इन्जिनियर पदम थापाले बताए । २०७४ मंसिर २६ गते विद्युत उत्पादन सर्वेक्षण अनुमति पत्र नलगाड जलविद्युत आयोजनाले पाएको थियो । सडक तथा अन्य संरचना निर्माण गर्नका लागि ६२९.७९ हेक्टर जग्गा आवश्यक पर्ने रिर्पोटमा उल्लेख छ । जसमा निजी स्वमित्वको ४३१.८७ हेक्टर , सरकारी वन क्षेत्र १९७.९२ हेक्टर जमिन प्रयोग हुने छ । 

    बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.