• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

देशलाई निकास दिन सङ्कल्प यात्रा : अध्यक्ष ओली


  •   बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
  • नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई निकास दिन एमालेले समृद्धिका लागि सङ्कल्प यात्रा अभियान सुरु गरेको बताउनुभएको छ ।

    Advertisement

    आज रुकुमपूर्व सिस्ने गाउँपालिका –६ रुकुमकोटमा एमाले रुकुमपूर्वले आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अहिलेको सरकारका कारण देश असफलताको बाटोमा गइरहेको कारणले एमालेले पश्चिम बैतडीदेखि पूर्वको पाँचथरसम्म सङ्कल्प यात्राको अभियान गरेको अध्यक्ष ओलीले बताउनुभयो ।

    देश हरेक क्षेत्रबाट असफल भइरहेकाले देशलाई सही ढङ्गले निकास दिन मध्यपहाडी लोकमार्ग अन्तर्गतका जनसमुदायसँग राय, सुझाव सङ्कलन लिने काम भइरहेको अध्यक्ष ओलीले बताउनुभयो । देश असफलता तथा समस्यामा फसिरहेकाले समाधान गर्न जनतासँग एमालेले राय लिइरहेको उहाँको भनाइ छ ।

    जनताबाट प्राप्त भएको रायअनुसार अभियान सम्पन्न भएपछि सरकारसँग संवादमार्फत देशलाई निकास दिनेतर्फ अघि बढाउने ओलीको प्रतिबद्धता छ । कर्मचारीलाई तलब खुवाउन पनि सरकारले ऋण लिनुपरेको अध्यक्ष ओलीले बताउनुभयो ।

    देशको कर्मचारीलाई समेत ऋण लिएर तलब खुवाउनु भनेको सामान्य कुरा होइन, देशको आर्थिक अवस्था कति नाजुक छ भन्ने कुरा त्यसबाट थाहा हुने उहाँको भनाइ छ । यस्तो अवस्थामा पनि सरकारले अर्थतन्त्र सुधारमा ध्यान नदिएको उहाँले टिप्पणी गर्नुभयो ।

    अध्यक्ष ओलीले भन्नुभयो, “अनुत्पादक क्षेत्रका लागि सरकारले ऋण लिइरहेको छ । त्यसलाई पूर्ति गर्न उत्पादन क्षेत्रमा लगानी गर्नेतर्फ सरकारको ध्यान छैन ।” सरकारको ध्यान सत्ता टिकाउने मात्र रहेको ओलीले टिप्पणी गर्नुभयो । वर्तमान सरकारले मुलुकमा सुशासन कायम गर्न नसक्ने उहाँको भनाइ छ ।

    गठबन्धन दलका कारण देश अहिले निरन्तर आर्थिक रुपले ओरालोतर्फ गइरहेको ओलीको भनाइ छ । एमालेको नेतृत्वमा सरकार सञ्चालन भइरहँदा देशले विकासको लय पक्रेको उहाँले दाबी गर्नुभयो । अहिले फेरि समस्या आएको उहाँको बुझाइ छ । देश विकास नचाहनेहरू विदेशीसँग मिलेर एमाले नेतृत्वको सरकार ढालेको उहाँले आरोप लगाउनुभयो ।

    सरकारले देश राम्रोसँग चलाउन नसक्दा हाल युवाहरू विदेश पलायन भइरहेको उहाँले बताउनुभयो । स्वदेशमै रोजगारी सिर्जना गर्न सकेको भए नेपाली युवाहरु विदेश जाने थिएनन् उहाँको भनाइ छ ।

    आफ्नो देशको विकास आफैँ गर्नुपर्छ, त्यसका लागि आमयुवा देश विकासको भावना लिई नेपालमै सानो ठूलो केही नमानी काम गर्नुपर्छ उहाँले भन्नुभयो, “हालको अवस्था हेर्दा निराश हुनुपर्ने अवस्था छ । अन्य विकसित देशवासीले आफैँ आफ्नो देशको विकास गरेका हुन् । युवा निराश भएर देशबाट पलायन हुने होइन, नेपालको समृद्धिका निम्ति काम गर्नुपर्छ ।”

    हाम्रो देश विकास गर्न सजिलो र धेरै सम्भावना रहेको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्र सरकारले असजिलो बनाएकै छ । स्थानीय नागरिकको समस्या पहिचान गरी त्यसको सम्बोधनका लागि हामी सङ्कल्प यात्रामा लागेका छौं, अहिले तत्काल गर्नुपर्ने काम अहिले नै गर्छौं, बाँकी काम गर्दै जान्छौं ।” गोरखापत्र अनलाइनबाट

    बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.