• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनका आकांक्षी उम्मेदवार धेरै


  •   बुधबार, पुष १८, २०८० मा प्रकाशित
  • माघ ११ गते सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्य पदका लागि हुने निर्वाचनमा सत्ता गठबन्धन दलका आकांक्षी उम्मेदवार धेरै देखिएका छन् । सुदूरपश्चिममा तीन पदका लागि नेपाली कांग्रेसले ८२ जना र नेकपा (माओवादी केन्द्र)ले २१ जनाको नाम पार्टी केन्द्रमा सिफारीस गरेको छ ।

    Advertisement

    जिल्ला तहबाट सिफारिस भएका नामावलीलाई प्रदेश समितिले पनि जस्ताको त्यस्तै केन्द्रीय समितिलाई पठाएको कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाहले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी कैलाली जिल्लाबाट सोह्र जना, अछामवाट १४ जना, डोटीबाट ११, बाजुराबाट दश जना, बैतडी, दार्चुला र कञ्चनपुरबाट आठ–आठ जना, डडेल्धुराबाट ५ र बझाङ्गबाट अर्जुनजङ्ग बहादुर सिंहको नाम आएकोमा सबैलाई सिफारिस गरिएको हो । यी नाममा पूर्वमन्त्री, सांसददेखि केही नयाँ युवा पनि छन् ।

    यस्तै, सत्तागठबन्धनको अर्को ठूलो दल नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले पनि राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि २१ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ । माओवादी केन्द्रको प्रदेश कार्यालयका सचिव उद्धव भट्टराइका अनुसार खुलातर्फ ९ तथा अपाङ्गता र महिलाबाट ६÷६ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको हो । उहाँका अनुसार माओवादीले प्रदेशबाट खुलातर्फ देवराज रेग्मी (बझाङ), टीकाराम जैसी (कैलाली), दीपक साउँद (अछाम), देवीलाल चौधरी (कञ्चनपुर), लालबहादुर सोडारी (कैलाली), लक्ष्मणदत्त जोशी (दार्चुला), दुर्गा अधिकारी (कैलाली), गोविन्द तिमिल्सिना (कैलाली) र लोकेन्द्र लम्साल (कञ्चनपुर) को नाम सिफारिस गरेको छ । त्यस्तै, अपाङ्गतातर्फ गम्भीर थापा (बझाङ), जितबहादुर करिया (कञ्चनपुर), प्रेम बयक (कैलाली), दीपेन्द्र रावल (अछाम), जंगबहादुर बिक (डोटी) र संजय कट्टेल (बाजुरा) को नाम सिफारिस गरिएको छ ।

    महिलातर्फ रेनु चन्द (बैतडी), सरु चौधरी (कैलाली), मोतीकला चलाउने (अछाम), अञ्जिता श्रेष्ठ (डोटी), लिला कुँवर (दार्चुला) र बिमला सिंह (कैलाली) को नाम सिफारिस गरिएको माओवादी प्रदेश कार्यालय सचिव भट्टराईले बताउनुभयो । सत्तागठबन्धनमै रहेका नेकपा (एकिकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा गठबन्धनको निर्णयपछि मात्रै आफूहरूले उम्मेदवारको टुङ्गो लगाउने बताएका छन् ।

    सत्ता गठबन्धनका चार दलले तालमेल गरेर निर्वाचनमा होमिने तयारी गरिरहेका बेला नेकपा एमाले र राप्रपाले भने अहिलेसम्म एकल लड्ने गरी तयारी गरेका छन् । राप्रपाले प्रत्येक क्लस्टरबाट तीन–तीन जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । महिलामा कैलालीबाट जानकीकुमारी कुँवर, कैलालीकै माधवी चन्द र दार्चुलाकी इन्द्रा बोहराको नाम केन्द्रमा सिफारिस गरिएको छ ।

    खुल्लामा कैलालीका ऐर स्वार, कैलालीकै लीलाराज भण्डारी र अछामका तेजबहादुर विष्टको नाम सिफारिस गरिएको छ । अपाङ्गता तथा अल्पसङ्ख्यकबाट कञ्चनपुरका जयकृष्ण बोहरा, कञ्चनपुरकै जानकीकुमारी महरा र कैलालीका शेरबहादुर बोहरा छन् । केन्द्रको निर्देशनअनुसार तीन–तीन जनाको नाम पठाइएको प्रदेश सचिवालय सदस्य तथा प्रवक्ता छत्र शाहीले जानकारी दिनुभयो । नेकपा एमालेले तीनै कलष्टरमा तीन–तीन जना उम्मेदवारको नाम पठाउने तयारी गरिरहेको प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले बताउनुभयो । तर नाम टुङ्गो लाग्न बाँकि उहाँले बताउनुभयो ।

    सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्य रहनुभएका तीन जनाको पदावधि फागुनमा सकिँदैछ । नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य हरिराम चौधरी उत्सव (कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य इन्दु कडरिया (कञ्चनपुर)को पदावधि सकिन लागेको हो ।

    रिक्त हुने स्थानमा पदपूर्तिको लागि माघ ११ मा निर्वाचन हुँदैछ । तर सत्तारूढ गठबन्धन दलहरूबिच अझै सिट सङ्ख्या बाँडफाँटबारे ठोस निर्णय भइसकेको छैन । आ–आफ्नो दलबाट सम्भावित उम्मेदवार छनोट कार्य अगाडी बढाएका हुन् ।

    बुधबार, पुष १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.