• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

विद्यार्थीलाई नमुना युवा संसद्को अभ्यास


  •   बिहिबार, पुष १९, २०८० मा प्रकाशित
  • सङ्घीय संसद्को झल्को दिनेगरी यहाँको सिद्धबाबा माध्यमिक विद्यालयमा विद्यार्थीलाई नमुना युवा संसद् अभ्यास गराइएको छ । यसरी सङ्घीय संसद्को झल्को दिनेगरी सिद्धबाबा माध्यमिक विद्यालयमा विद्यार्थीलाई नमुना युवा संसद्को अभ्यास गराइएको हो ।

    Advertisement

    यस विद्यालयमा अध्ययनरत विशेषगरी कानुन सङ्काय र केही शिक्षा सङ्कायका विद्यार्थीलाई नमुना सांसदको रुपमा प्रस्तुत गर्दै नमुना युवा संसद् सञ्चालन गरिएको छ ।

    देशका विभिन्न निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै सङ्घीय सांसद बन्नुभएका नमुना युवा सांसदहरूले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका समस्याहरू भने तथ्यगत रूपमा प्रस्तुत गरेका छन् । अझै पनि जनताका प्रमुख आवश्यकताहरू शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, सडकलगायतका विकासमा पर्याप्त ध्यान पुग्न नसकिरहेको र समाजमा पुरातनवादी सोच हट्न नसकिरहेको भन्दै यसप्रति सरकारलाई उत्तरदायी बन्न नमुना युवा सांसदहरूले आग्रह गरेका छन् ।

    सत्तापक्ष र प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका विद्यार्थीले त्यहाँ प्रस्तुत गरेका समस्याहरू सबै साझाजस्ता देखिन्छन् । नमुना युवा संसद्को अभ्यासमा सङ्घीय सांसदको रूपमा आफूलाई प्रस्तुत गर्नुभएकी विद्यार्थी आशा घर्तीले जुम्लाका स्याउले अहिलेसम्म बजार नपाएको गुनासो गर्नुभयो । अहिले स्याउले राम्रै बजार पाउला भन्ने आसमा रहेका त्यहाँका किसानमा निराशा छाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    नमुना युवा सांसद सन्ध्या विश्वकर्मा र प्रमीला विश्वकर्माले स्वास्थ्य सेवा गुणस्तरीय नभएको भन्दै स्वास्थ्य सेवामा व्यापारीकरण भएको बताउनुभयो । उहाँहरूले सरकारी अस्पतालमा बिरामीका लागि भनेर स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भए तापनि जनताले औषधि उपचार गर्न पैसा खर्चिनु परिरहेको भन्दै बिमाको उपयोगिताबारे प्रश्न गर्नुभयो ।

    त्यस्तै, नमुना युवा सांसद लक्ष्मी थापा र शिवानी भट्टराईले २१ औँ शताब्दीमा पनि छुवाछूतको व्यवहार र धारणा पालेर बस्नु विश्वसामु लाजमर्दो विषय भएको भन्दै जातीय विभेदका कारणले दलित समुदाय पछाडि परेको बताउनुभयो । जात व्यवस्थाकै कारणले अन्तरजातीय विवाहलाई अस्वीकार गर्नेजस्ता समस्याहरू उत्पन्न भएको भन्दै उहाँहरूले दलित समुदाय श्रम शोषण र अमानवीय व्यवहारको सिकार बन्नुपरेको बताउनुभयो ।

    नमुना युवा सांसद सुजता पाण्डेले गुल्मीको पश्चिम क्षेत्रमा पर्ने सडकखण्डमा पुलको निर्माण कार्य नहुँदा जनताले धरै समस्या भोग्नुपरेको भन्दै केही सडकमा वर्षामा बाढी पहिरो र हिउँदमा धुलाम्य हुने हुँदा ठुलो धनजनको क्षति हुँदैआएको बताउनुभयो ।

    बाटोको नाममा गरिब, दुःखी जनताको खेतबारी मासिए पनि जनताले गुणस्तरीय सेवा भने नपाएको भन्दै वातावरणमैत्री विकास गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नमुना युवा सांसद तारा खत्रीले अझै पनि महिला र पुरुषबिचको पारिश्रमिकमा समेत विभेद रहेको भन्दै महिलाहिंसा अन्त्य हुन नसकेको बताउनुभयो ।

    शून्य समय र विशेष समयमा नमुना युवा सांसदले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीको भूमिकामा रहनुभएकी ममता बुढाथोकी, मन्त्रीहरूको भूमिकामा रहनुभएका विशेष पन्थी, प्रतीक्षा श्रेष्ठ, प्रेमकुमार टण्डन, यमुना घर्ती मगर, सन्देश अर्याल, लजिना महतले जवाफ दिनुभयो । प्रतिपक्षी दलको नेताको भूमिकामा रहनुभएकी रिया श्रीस र प्रमुख सचेतक विपिन सुनारले बेला–बेलामा नियमआपत्ति जनाउँदै सरकारको कामकारबाहीका विषयमा प्रश्न गर्नुभयो ।

    यसरी नमुना युवा संसद्को लामो छलफल र बहसपछि शिक्षामन्त्रीद्वारा पेस भएको विद्यालय शिक्षा विधेयक बहुमतले पारित भयो । जिल्लामै पहिलो पटक गरिएको यो अभ्यासले दर्शकलाई समेत उत्साहित बनायो । विद्यार्थीलाई नेपाली संसदीय पद्धतिको ज्ञान प्रदान गर्ने, कानुन निर्माण प्रक्रियाको जानकारी गराउने तथा उनीहरूमा वैज्ञानिक तर्क कला र नेतृत्व क्षमता विकास गराउने उद्देश्यका साथ नयाँ युवा नयाँ सोच नेपालको सहयोगमा नेपालको संसदीय प्रणालीमा आधारित कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले जानकारी दिनुभयो ।

    विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिने र प्रयोगात्मक तरिकाले व्यवस्थापिका संसद्को काम, कर्तव्य अधिकार विधेयक प्रस्तुत गरी पारित गर्ने विधिबारेमा जानकारी गराउने उद्देश्यसहित गरिएको नमुना युवा संसद् अभ्यासमा १०० जना विद्यार्थीको सक्रिय सहभागिता रहेको प्रधानाध्यापक श्रीसले बताउनुभयो ।

    बिहिबार, पुष १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.