भरतपुर । कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज)र नहर एरिया टोल बिकास संस्था बीच आज समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नहर एरिया टोल बिकास संस्थाका टोल वासीहरुलाई स्वास्थ्य सेवामा छूट दिलाउने उद्देश्यले उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
नहर एरिया टोल बिकास संस्था र पुरानो मेडिकल कलेजबीच भएको सम्झौताअनुसार नहर एरिया टोल बिकास संस्थाका सदस्यहरुले बहिरंग सेवा, अन्तरंग सेवा, तथा रेडियोलोजी सेवामा २० प्रतिशतसम्म छूट पाउने छन् । नहर एरिया टोल बिकास संस्थाका अध्यक्ष रामजी ठकुरीले आफ्नो टोलका सदस्यहरुको स्वास्थ्य सेवामा सहजता प्रदान गर्ने उद्देश्यले समझदारी गरिएको बताउनु भयो ।
कार्यक्रममा पुरानो मेडिकलका उप निर्देशक डा . राजेश कुमार यादवले दुई संस्थाबीचको सम्बन्ध अझ प्रगाढ हुने बताउनु भयो ।
नहर एरिया टोल बिकास संस्थाको तर्फबाट अध्यक्ष तथा पुरानो मेडिकल कलेजबाट उप निर्देशक डा.राजेश कुमार यादवले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियोे ।
