• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ३. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ४. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ५. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

भौतिक पूर्वाधार विकास मन्त्रालयले एक वर्षमा गरेको कार्यप्रगति विवरण सार्वजनिक


  •   आइतबार, माघ २८, २०८० मा प्रकाशित
  • सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले आफ्नो मन्त्रालयको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।

    Advertisement

    आफ्नो नेतृत्व एक वर्षको अवधिमा भएको कार्य प्रगति विवरण उहाँले सार्वजनिक गर्नुभएको हो । नीतिगत सुधारतर्फ मन्त्रालयले सुदूरपश्चिम प्रदेश यातायात व्यवस्था नियमावली २०८० तर्जुमा गर्नुका साथै सुदूरपश्चिम प्रदेशमा यातायात सवारीको भाडा निर्धारण गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा मन्त्रालयले प्रभावकारी कार्यान्वयन हुने आयोजनालाई मात्रै अगाडि बढाएको छ । सीमित स्रोतलाई टुक्रे तथा साना आयोजनामा बजेट छर्ने प्रवृतिलाई निरूत्साहित गर्न आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा रहेका पाँच हजार ३२९ सङ्ख्यामा कटौती गरी चालु आर्थिक वर्षको कार्यक्रममा एक हजार ९६१ (एक हजार ७५० क्रमागत र २१० नयाँ) आयोजना कार्यान्वयनको लागि बजेट विनियोजन गरिएको छ ।

    चालु आर्थिक वर्षमा समानीकरण र विशेष बजेट विनियोजन गरिएका २२ वटा नयाँ आयोजनालाई स्थानीय तहमा हस्तान्तरण गरिएको छ । कार्यक्रम तथा आयोजना पहुँचको आधारमा नभई बृहत्तर प्रतिफल हुने आयोजना छनोट गरेका मन्त्रालयले जनाएको छ । यसैगरी, अनुत्पादक क्षेत्र र वित्तीय अनुशासनको कमी देखिएका कार्यक्रम जस्तै व्यक्तिको नामै तोकेका तटबन्ध, घेरा पर्खाल, निजी क्षेत्रका भवन, मठ, मन्दिर जस्ता आयोजनामा बजेट कटौती गरिएको छ ।

    दीर्घकालीनरूपमा नदी कटानलाई नियन्त्रण तथा व्यवस्थापन गर्न एकीकृत योजनाको रूपमा कार्यक्रम सुरू गरिएको मन्त्री देउवाले बताउनुभयो । उहाँका अनुसार पूर्व तयारी नगरी आयोजनामा बजेट विनियोजन हुने प्रवृत्तिलाई न्यून गर्दै सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा प्राप्ति, स्थानीय तहसंगको समन्वयलगायतका पूर्वतयारीका कार्य गरेर मात्र निर्माण चरणमा प्रस्ताव गर्ने नीति लिइएको छ । मन्त्रालय मातहतका सरकारी भवनलाई आवश्यकताभन्दा ठुलो बनाउने कार्यलाई निरूत्साहित गर्दै स्वीकृत सङ्गठन संरचना अनुरूप भवनको आवश्यकता पहिचान गरी कार्यान्वन गर्ने रणनीति लिएको मन्त्रीको भनाइ छ ।

    वित्तीय अनुशासन कायम गर्न बजेट खर्चलाई पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउने कार्यलाई जोड दिइएको जनाइएको छ । यसैगरी, विगत आवका बेरूजु फछ्र्योट तथा सम्परीक्षण कार्यलाई प्रभावकारी बनाउन सार्वजनिक निकायका प्रमुख तथा लेखा प्रमुखलाई कार्यसम्पादन करार गरी बेरूजु लेखन, लगत र सम्परीक्षण कार्यलाई प्राथमिकता दिइएको जनाइएको छ । योजना छनोट तथा विकास र प्राथमिकीकरण प्रणालीलाई सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई बजेटसंग अन्तर आबद्धता गरिएको जनाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा निर्माण र सञ्चालनमा रहेका विकास आयोजनाहरूको कार्यान्वयको अवस्थासहित प्रदेश सरकारको उपस्थिति झल्कने गरी कलर कोडसहित आयोजना बोर्ड लागू गरिएको छ ।

    भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख नाका त्रिनगर भन्सार कार्यालय कैलाली र कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा आउने यातायातका साधनको अस्थायी अनुमति पास (पटके पास) वितरण गर्ने कार्यलाई सहज गरी राजस्व वृद्धिका साथै पर्यटकलाई छिटो एवम् सहज सेवा दिने व्यवस्था मिलाउने कार्य भइहरहेको छ ।

    यस्तै, यातायात व्यवस्था कार्यालयह?को सेवा प्रवाहलाई सहज एवम् प्रविधिमैत्री बनाउन अनलाइन भुक्तानी र अभिलेख व्यवस्थापनलाई डिजिटाइजेसन गर्ने कार्यक्रम सुरू गरिएको छ । विश्व बैंक र नेपाल सरकारको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम लागु गरेको मन्त्रालयले जनाएको छ । प्रादेशिक सिँचाइ योजना र खानेपानी तथा सरसफाइ स्वच्छता योजना थालनी गरिएको छ । प्रदेशको नौ वटै जिल्लामा विद्युतीय चार्जिङ् स्टेशनसहितको रिफ्रेस्मेन्ट सेन्टरको सम्भाव्यता अध्ययन थालनी गरिएको छ ।

    प्रदेश प्रमुख एकीकृत वस्ती विकास कार्यक्रम र नमुना बस्ती विकास कार्यक्रम कार्यविधि तयार गरि सञ्चालन गरेको जनाइएको छ । कर्णाली तथा महाकाली नदीमा जल यातायात÷ जल मनोरञ्जन कार्यको सम्भाव्यता अध्ययन थालिएको छ । धनगढीको मुख्य चौराहामा क्यामेरासहितको ट्राफिक सुरक्षासम्बन्धी कार्य भइरहेको छ । प्रदेशको अस्थायी राजधानी धनगढीको छ लेनको सडक र चौराहा–क्याम्पस सडकसँग हुने लिंक सडकको स्तरोन्नति गरी समग्र प्रदेशको प्रभावलाई वृद्धि गर्न सडक स्तरोन्नतिको कार्य अगाडि बढाइएको छ ।

    धनगढीमा कैलाली पुलदेखि हुलाकी सडक जिरो किलोमिटरसम्म सडक निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखी निर्माण कार्यलाई तीव्रता दिइएको छ । तीन तहका सरकारबिच समन्वय र सहकार्यको नमुना कार्यक्रमको रूपमा रणनीतिक महत्वको सेती जलविद्युत् आयोजनाको बाँधस्थलसम्मको पहुँच मार्ग निर्माणका लागि बोगटान–फुडशील गाउँपालिका र प्रदेश सरकारबिच समझादारीमा हस्ताक्षर गरिएको छ ।

    क्षेत्रगत उपलब्धितर्फ एक वर्षको अवधिमा १०८.१९ किलोमिटर कालोपत्रे सडक, १२२.९७ किलोमिटर माटे, १८५.९० किलोमिटर ग्राबेल सडक निर्माण भएको जनाइएको छ । यो अवधिमा सरकारले ९ वटा सडकपुल निर्माण गरेको छ । यसैगरी, एक हजार ६०९ हेक्टर क्षेत्रफलमा वर्षैभरि सुविधा हुने गरी सिँचाइ उपलब्ध गराइएको छ ।

    ५२० वटा इन्टेक, ५६३ पानी पोखरी निर्माण, दुई हजार ५०५ किलोमिटर पाइपलाइन जडान गरेको जनाइएको छ । ८२ हजार ७०२ जनालाई आधारभूत खानेपानी सेवा, १८ हजार ६०० जनालाई मध्यमस्तरको खानेपानी सेवा उपलब्ध गराइएको छ ।

    २०७.५६ किलोमिटर नहर, ५२.२१ किलोमिटर तटबन्ध, २ वटा सौर्य ऊर्जा निर्माण र सात हजार ३४५ हेक्टर क्षेत्रमा सिँचाइ मर्मत भएको जनाइएको छ । सहरी विकास तथा भवन निर्माणतर्फ सरकारी सामुदायिक भवन एक वटा, जनता आवास योजना ४४ वटा, एकीकृत नमुना बस्ती चार वटा निर्माण गरिएको छ । एक वर्षको अवधिमा ३२ वटा योजना सम्पन्न भएको प्रदेश सरकारले जनाएको छ ।

    याातायात व्यवस्था क्षेत्रमा एक वर्षमा दुईपाङ्ग्रे सात हजार ६३९ वटा, तीनपाङ्ग्रे ८९७, चार पाङ्ग्रे ७२७ वटा नयाँ सवारी दर्ता गरिएको छ । एक वर्षमा २० हजार ९५ वटा चालक अनुमतिपत्र वितरण भएको जनाइएको छ । यसैगरी, मन्त्रालयले एक वर्षमा ९१ करोड ६१ लाख रूपियाँ राजस्व सङ्कलन गरेको छ ।

    मन्त्री देउवाले आफ्नो कार्यकालको पहिलो वर्षमा कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बाजुरा र अछाममा सुदूरपश्चिम प्रदेश सरकार तथा सङ्घीय सरकारबाट सञ्चालित राष्ट्रिय गौरव र प्रदेश गौरवका आयोजनाको स्थलगत अनुमगन गर्नु भएको छ । यसैगरी, धनगढीको मुख्य बजारमा रहेको कैलालीपुलदेखि हुलाकी सडक जिरो किलोमिटरसम्मको सडक, चिसापनी जङ्गलघाट बडीमालिका सडक खण्ड (गौरीटाँड कमलबजार बाँसकाँडा खण्ड, अछाम) कालोपत्रे र बाजुराको बुढीगङ्गा बिरावगर सडक पुल, मालगाड मोटरेबल पुल र भौनेरा नदी मोटरेबल पुलको शिलान्यास गर्नुभएको छ ।

    वर्तमान सरकारले एक वर्षमा सम्पादन गरेका क्रियाकलाप र उपलब्धि मुख्यरूपमा प्रणालीगत सुधारका सन्दर्भमा रहेको मन्त्री देउवाको भनाइ छ । उहाँले विकास प्रशासन र शासकीय अभ्यासमा तथा वित्तीय सुशासनका क्षेत्रमा रहेका विगतका कमीकमजोरी सुधार गरी दिगो सुशासन र विकासको प्रत्याभूति दिलाउन सरकार क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

    आइतबार, माघ २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ४.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ५.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.