• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

समन्वयको अभावले नौ वटा जलविद्युत् आयोजना सङ्कटमा


  •   बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
  • सरकारको एउटा निकायले रोयल्टी बुझेर आयोजना विकासका लागि अध्ययन अनुमति दिने तर अर्को निकायले अध्ययन गर्नै नदिने अवस्थाले ४६१ मेगावाट क्षमताका नौ जलविद्युत् आयोजनाको अनुमतिपत्र नै खारेज हुने अवस्थामा पुग्दा ऊर्जा उद्यमीहरू समस्यामा परेका छन् ।

    Advertisement

    ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले अनुमति दिने तर वन तथा वातावरण मन्त्रालय मातहतका राष्ट्रिय निकुञ्ज तथा विभिन्न संरक्षण क्षेत्रले अध्ययन गर्नै नदिएपछि करोडौँ रुपियाँ सरकारलाई रोयल्टी बुझाइसकेका आयोजना खारेज हुने अवस्थामा पुगेको ऊर्जा उत्पादकहरूले बताएका छन् ।

    करोडौँ खर्च गरिएका आयोजना खारेज हुने अवस्था आएपछि ऊर्जा उद्यमीको एक टोली सोमबार वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपक खराललाई भेटेर दुःखेसो बिसाए । लागाङ खोला (ब्रह्मायणी ए) जलविद्युत् आयोजनाका प्रवर्धक भरत पराजुलीले रुख तस्कर र जलविद्युत् प्रवर्धकलाई हेर्ने दृष्टिकोण एउटै भएको आरोप लगाउनुभयो । “हामीलाई अपमानित गरेको महसुस भइरहेको छ, अध्ययनको प्रयास गर्दा हामीलाई थुन्छ कि थुन्छु भन्ने शब्द प्रयोग भइरहन्छ,” पराजुलीले भन्नुभयो, “कमजोरी भएको भए करेक्सन गरौँ । हामीले हाइड्रोपावर बनाउन खोजेका हौँ, कुनै अपराध गरेका त होइनौँ नि ।” बरुण खोला जलविद्युत् आयोजनाका प्रवर्धक विजयमोहन भट्टराईले वनमा पर्ने थप कुनै रुख नकाटी, कुनै संरचना नथपी २० मेगावाटको क्षमता बढाएर ३० मेगावाट बनाउन अनुमति माग्दा निकुञ्जले नदिएको गुनासो गर्नुभयो । मध्य घुन्सा खोला जलविद्युत् आयोजनाका प्रवर्धक पूर्णलाल श्रेष्ठले वनले अध्ययन सहमति नदिएमा तीन महिनापछि आयोजनाको अनुमतिपत्रको अवधि सकिएर खारेज हुने भएकाले आयोजनालाई बचाउन पनि तुरुन्तै अध्ययन सहमति दिन आग्रह गर्नुभयो ।

    टोलीको नेतृत्व गर्नुभएका स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले निकुञ्ज र वनले अध्ययन सहमति नदिएकै कारण आयोजनाको अनुमतिपत्रको अवधि सकिन लागेकाले यस्ता आयोजनाको अनुमतिपत्रको अवधि दुई वर्ष थप गर्नका लागि ऊर्जा मन्त्रालयलाई सिफारिस गरिदिन आग्रह गर्नुभयो । उहाँले आयोजनाको लाइसेन्स जोगाउन सचिवस्तरीय निर्णयबाट अध्ययन सहमति दिन कार्कीले सुझाउनुभयो । संरक्षित क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराउने कार्यविधि २०८० मा पानी छोड्नुपर्ने व्यवस्थालाई परिवर्तन गरी क्युसेकबाट क्युमेक बनाउँदा धेरै आयोजना प्रभावित भएकाले सो व्यवस्था पनि साबिककै कायम गरिदिनुपर्ने उहाँको भनाइ थियो ।

    वन तथा वातावरण सचिव डा. खरालले आयोजनाको काम रोकिन नहुने कुरामा आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै सम्भव भएका र जायज हुने कुरालाई आफ्नोतर्फबाट सहजीकरण हुने प्रतिबद्धता जनाएको इप्पानका अध्यक्ष कार्कीले बताउनुभयो ।

    निकुञ्ज तथा संरक्षण क्षेत्रमा परेका नौ वटा आयोजनामा मेगावाटको मिडिल घुन्सा जलविद्युत् आयोजना, अप्पर पेल्मा खोला जलविद्युत् आयोजना, गुम्चे खोला जलविद्युत् आयोजना, घुन्सा खोला जलविद्युत् आयोजना, लागाङ खोला (ब्रह्मायणी ए) जलविद्युत् आयोजना र यान्मा खोला जलविद्युत् आयोजना छन् । यस्तै सिम्बुवा खोला जलविद्युत् आयोजना, लाङटाङ खोला जलविद्युत् आयोजना र अप्पर बरुण खोला जलविद्युत् आयोजना पनि यस्तो समस्यामा परेको इप्पानले जनाएको छ ।

    बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.