• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ६. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ७. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

‘पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी’


  •   बिहिबार, चैत ०८, २०८० मा प्रकाशित
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताउनुभएको छ ।

    Advertisement

    जल तथा मौसम विज्ञान विभागको आयोजना तथा अमेरिकी सहयोग नियोग (युएसएआडी) तथा ‘इन्स्टिच्युट अफ हिमालय रिस्करिडक्सन’को सहकार्यमा आज यहाँ आयोजित ‘पूर्वसूचना प्रणालीसम्बन्धी सिकाइ आदानप्रदान राष्ट्रिय कार्यशाला गोष्ठी’ को उद्घाटन गर्दै उहाँले पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताउनुभयो ।

    बाढीपहिरोलगायत मनसुनजन्य घटना दिनप्रतिदिन बढिरहेको भन्दै मन्त्री बस्नेतले पूर्वसूचना प्रणालीको विकासमार्फत विपद् व्यवस्थापन गर्न जरुरी रहेको स्पष्ट पार्नुभयो । पछिल्लो समय जलवायु परिवर्तनका कारण मनसुनजन्य विपद्का घटना बढिरहेकाले कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा सबै सरोकारवाला निकायले ध्यान दिन जरुरी रहेको उहाँको भनाइ छ ।

    “जलवायु परिवर्तन गराउन नेपालजस्ता विकासोन्मुख मुलुकको नगन्य भूमिका हुन्छ । धनी र औद्योगिक मुलुकका कारण हामीले जलवायु परिवर्तनको जोखिम भाग्नुपरेको अवस्था छ”, मन्त्री बस्नेतले भन्नुभयो, “जलवायु परिवर्तनको प्रभावका कारण बाढीपहिरोजस्ता मनसुनजन्य घटना बढिरहेका छन् । अब कसरी समाधान वा कम गर्न सकिन्छ रु भन्ने विषयमा एउटा निष्कर्ष निकालेर अगाडि बढ्न जरुरी छ ।”

    मनसुनजन्य गतिविधि, त्यसको प्रभावको अध्यायन तथा अवलोकन गर्ने, सम्भावित जोखिमका विषयमा पूर्वानुमान गर्ने र सुरक्षाको व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । पूर्वसूचना प्रणालीलाई सबै जनताको पहुँचमा पु¥याउन सकेमा बाढीपहिरोलगायत घटनाबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सकिनेमा उहाँले जोड दिनुभयो ।

    “विपद्जन्य घटना, बाढीपहिराका कारण बर्सेनि सयौँको ज्यान गइरहेको छ भने भौतिक क्षति पनि भइरहेको छ”, मन्त्री बस्नेतले भन्नुभयो, “पूर्वसूचना प्रणालीलाई व्यवस्थित गरेर सबैको पहुँचमा पु¥याउन सके सम्भावित क्षति न्यूनीकरण गर्न सकिन्छ । यस कार्यशाला गोष्ठीमा पूर्वसूचना प्रणालीको सिकाइ आदानप्रदान गरेर थप व्यवस्थित गर्न सकियोस् ।” आगामी दिनमा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइ नयाँ आयाम थपिनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    मन्त्री बस्नेतले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि नेपालले न्यूनीकारणका कार्यक्रमभन्दा जलवायुका अनुकूलनका कार्यक्रमलाई बढी प्राथमिकता दिनुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारीले मनसुनजन्य विपत्तिका कारण मलुककै अर्थतन्त्र प्रणालीमा असर गर्नसक्ने भन्दै क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीको भूमिका महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो । “बाढीपहिरोलगायत विपद्का कारण बर्सेनि समस्या उत्पन्न भइरहेको छ । जनधनको क्षतिका साथै पूर्वाधार, पर्यटन, कृषि, जैविक विविधताको क्षेत्रमा असर पुगेको छ”, उहाँले भन्नुभयो, “समयमा नै मनसनुजन्य घटनाको पूर्वसूचना दिनसके सम्भावित क्षति कम गर्न सकिन्छ ।”

    जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले विपद्का घटना न्यूनीकरण प्रभावकारीरुपमा अगाडि बढाउन पूर्वसूचना प्रणाली जरुरी रहेको बताउनुभयो । “पूर्वसूचना प्रणालीका लागि १ अमेरिकी डलर खर्च गर्न सक्यौँ भने बाढी पहिरोबाट १० अमेरिकी डलर बचाउन सकिन्छ”, उहाँले भन्नुभयो, “पूर्वसूचनाबाट सर्वसाधारणलाई फाइदा पुग्नेगरी काम गर्न सबैसँग सहकार्य गरेर अगाडि बढ्ने छौँ ।”

    राष्ट्रिय जोखिम न्यूनीकरण तथा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले पछिल्लो समय बाढीका कारण जलविद्युत् आयोजना तथा पूर्वाधारमा क्षति पुग्दा मुलुकको अर्थतन्त्रमा असर गरेकाले क्षति न्यूनीकरणबारे ठोस योजना बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । “मनसुनजन्य जोखिम बढी भएको अन्य क्षेत्रमा पनि पूर्वसूचना प्रणालीको विकास गरेर अगाडि बढ्न जरुरी छ । सबै सरोकारवाला निकायसँग यस विषयमा छलफल गरिरहेका छौँ”, उहाँले भन्नुभयो । रासस

    बिहिबार, चैत ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ६.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.