• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

२०८० मा नाट्यशाला : रङ्गकर्मी व्यस्त, नाटकघर मस्त


  •   बुधबार, चैत २८, २०८० मा प्रकाशित
  • नेपाली नाटकघरको यो वर्ष निकै उत्साहजनक रह्यो । रङ्गकर्मीहरू वर्षभरि नाटक मञ्चनमा सक्रिय देखिए । धेरैजसो थिएटर काठमाडौँ केन्द्रित भएकाले नाटक पनि धेरै मञ्चन भए । नाटकका कथामा विविधता देखियो । मण्डला, सर्वनाम, शिल्पी, कौसी, आरोहण गुरुकुलको कुञ्ज, ओजेस, पुरानोघर, शैली, स्टुडियो नियमित जस्तै नाटक मञ्चन भए । यस वर्ष मञ्चन भएको ‘एउटा सपनाको अवसान’, ‘हिउँभन्दा चिसो’, ‘दमिनी भिर’, ‘मासिन्या’ जस्ता नाटकहरूमा दर्शकको भरिभराउ उपस्थितिले रङ्गमञ्चलाई अझ माथि उठाउन मद्दत ग¥यो ।

    Advertisement

    कलाकार तथा नाटक निर्देशक आशान्त शर्माको अनुभवमा यो वर्ष अत्यन्त उर्वर रह्यो । कथावस्तु, प्रस्तुति तथा अभिनयका हिसाबले पनि केही राम्रा नाटक मञ्चन भएको उहाँले बताउनुभयो । अहिले नाटक जेनतेन नाटकघरको खर्च उठाउन सक्नेसम्म भएका छन् । दर्शक प्रायः पुरानै छन् । अहिले नाटक चाहना नभएर पेसा भएको शर्माको भनाइ छ ।

    रङ्गकर्मी विजय बराल नाटकका लागि २०८० साल सफल नै ठान्नुहुन्छ । गाउँघरका कथा, परिवेश र घटना भएका नाटक दर्शकको रोजाइमा परेको उहाँले बताउनुभयो । केही नाटक साहित्यका पुस्तकबाट पनि साभार गरियो भने केही चलचित्रका कथाबाट पनि उतारियो । स्व. राजेन्द्र पराजुलीको कथासङ्ग्रह ‘जन्तरमन्तर’ मा समावेश कथा ‘मासु बेच्ने केटो’ पनि यसै वर्ष मञ्चन भएको थियो । नाटकको निर्देशन रङ्गकर्मी सङ्गीता उराँवले गर्नुभएको थियो । त्यस्तै चेतन आङथुपोको ‘झोडा’, चे शङ्करको ‘गङ्गालाल’ लगायतका नाटक पनि यसै वर्ष मञ्चन भए । यस वर्ष ‘विडिङ एल्बम’, थिएटर भिलेजको ‘त्रयम’ ‘बोधिसत्व’, ‘लेट्स अभिनय गरौँ’ लगायतका नाटकले राम्रो चर्चा बटुल्यो ।

    सिनामङ्गलस्थित ‘पुरानो घर’, ‘चे इज ब्याक’, ‘मोन्टाज’ र ‘घरको माया’ नाटक मञ्चन भयो भने यस वर्ष ‘माक्र्स फर्किए’, ‘आधा अपुरो’, ‘काल’ लगायतका नाटक मञ्चन भएका छन् । टेकुस्थित कौसी थिएटरमा वर्षको अन्त अन्तमा नाटक ‘उबुर उबुर टिक्की’ को मञ्चन भर्खरै सकिएको छ । यसबाहेक यस वर्ष सर्वनाममा ‘द डिपार्चर’, ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ नाटक मञ्चन भएका थिए ।

    राजधानीभित्र मात्र नभएर बाहिरका थिएटरमा समेत रङ्गकर्मीको उत्साहपूर्ण उपस्थिति देखिएको छ । इलामस्थित चुलाचुली रङ्गमञ्च समूहले मौलिक कथामा नाटक ‘झोडा’ गरे भने झापास्थित कदम थिएटरले नाटकहरू मञ्चन भए । थिएटरले यस वर्ष ‘लङ्ग टाइम नो सी’, ‘मनचिन्ते फिरन्ते’, ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ मञ्चन भएको रङ्गकर्मी सिजन दाहालले बताउनुभयो ।

    पोखरास्थित ‘पोखरा थिएटर’ मा पनि यस वर्ष विभिन्न नाटक मञ्चन भएको थिएटरका संस्थापक तथा रङ्गकर्मी परिवर्तनले बताउनुभयो । उहाँका अनुसार ‘रिफन्ड’, ‘धनिरामको गोरु’, ‘१२ दुर्वासा’ लगायतका नाटक मञ्चन भए । उहाँले भन्नुभयो, यो वर्ष हामी रङ्गकर्मीका लागि निकै उत्साहजनक रह्यो । हामीले नाटकलाई माया गर्ने धेरै दर्शक पनि कमायौँ र राम्रो नाटक पनि मञ्चन ग¥यौँ । थिएटरले पाँचौँ संस्करणको विद्यालयस्तरको नाटक प्रदर्शन पनि यसै वर्ष पूरा गरेको उहाँको भनाइ थियो । यसै वर्ष विराटनगरस्थित आरोहण गुरुकुलको आयोजनामा चैत २३ गतेदेखि सुशीला कोइराला नाटकघरमा नाटक ‘सत्य हरिश्चन्द्र’ को पहिलो प्रदर्शन भएको थियो । वर्ष २०८० रङ्गमञ्चका लागि उत्साहजनक वर्षकै रूपमा लिन सकिन्छ । यस वर्ष थिएटरपिच्छे नयाँ नयाँ नाटक मञ्चन भए । सङ्ख्यागत हिसाबमा नेपाली तथा विदेशी पुस्तकमा आधारित नाटकहरू यस वर्ष बढी मञ्चन भए ।

    बुधबार, चैत २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.