• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

आगामी बजेटका विषयमा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय जगन्नाथ थपलियाज्यू सँग छलफल कार्यक्रम


  •   बिहिबार, जेठ १७, २०८१ मा प्रकाशित
  • उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा संघको सचिवालयमा आज बागमती प्रदेश सरकारको आगामी बजेटको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायीहरुले आफ्ना समस्या समाधानार्थ बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया सामु प्रस्तुत गरेका थिए ।
    कार्यक्रमा स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले ठोरी नाका र भन्सार कार्यालयको स्तरोन्नती र क्षमता अभिबृद्धि गरि संचालनका लागि माग राख्नुभएको थियो । उहाँले ठोरी नाका सहज सञ्चालनमा आए यस क्षेत्रको आर्थिक चलायमानमा समेत वृद्धि हुने बताउनुभएको थियो । उहाँले प्रदेश सरकारले बजेटमा चितवन जिल्लाको पहाडी क्षेत्रमा एकीकृत बस्ती विकासको अवधारणा अनुरुप वस्ती बिकासमा जोड दिदै उर्बर भुमिको संरक्षणमा जोड दिन माग गर्नुभएको थियो । साथै पहाडि पर्यटकिय क्षेत्र चौकिडांडा लगायतका स्थानहरुमा सरल पहुंचको लागि सडक निर्माण र पदमपुरको पुल र सडक निर्माण र निर्माण भएका सडकको स्तरोन्नती लागि बजेटमा समावेस गर्न अनुरोध गर्नुभएको थियो । उहाँले जिल्लाको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएका मेला महोत्सवमा प्रबद्र्धनका लागि राखिने विज्ञापन सामाग्रीहरुमा कर लिने प्रावधान हटाउनुपर्ने, वैज्ञानीक कर प्रणालीको विकासका साथै कृषि, शिक्षा, पर्यटन र स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्न माग राख्दै उहाँले माननीय मन्त्रीज्यूलाई माग पत्र हस्तान्त्रण गर्नुभएको थियो ।

    Advertisement


    कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय जगन्नाथ थपलियाले उद्योग व्यवसाय क्षेत्रको विकासमा प्रदेश सरकार सकरात्मक भएर लाग्ने बताउदैँ उहाँले उत्पादन मुखि क्षेत्रमा बजेट विनियोजन गर्ने बताउनु भयो । उहाँले स्वदेशी वस्तु उत्पादन र प्रयोगमा ल्याउन जोड दिनुभएको थियो । उद्योगी व्यवासयीहरुको समस्या समधानमा सरकार सकरात्म भएर अगाडी बढ्ने बताउनु भएको थियो ।
    कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष प्रचण्डलाल प्रधानले स्वास्थ सम्बन्धी विधेयक नआउदा अस्पताल नविकरण हुन नसकेको बताउदैँ उहाँले राजनैतिक समस्या या अन्य के हो त्यसको सहजिकरण गरी व्यवसायिक वातावरण सृजना गर्न माग राख्नुभएको थियो ।
    कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीलेबागमती प्रदेश सरकारको बजेटमा उद्योगी व्यवसायीको समस्या सम्बोधन हुनेछ भन्ने विश्वास लिएको बताउनुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष देशीराम प्रधान, रामप्रसाद श्रेष्ठ, प्रचण्डलाल प्रधान, कल्याण जोशी, निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, उद्योग वाणिज्य संघका उपाध्यक्ष त्रय राजेन्द्र ओली, अशोक अधिकारी, नारायण प्रधान, संघका कार्यसमिति, उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरुको उपस्थिति रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनुभएको थियो ।
    उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो ।

    बिहिबार, जेठ १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.