• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

प्रम हसिना विदेश पलायन


  •   मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
  • झन्डै एक महिना लामो सरकारविरुद्धको हिंसात्मक आन्दोलन थेग्न नसकेपछि बङ्गलादेशका प्रधानमन्त्री सेख हसिना वाजेदले पद त्याग गर्दै देश छाड्नुभएको छ । बङ्गलादेशी जनताको साथकै कारण देशमा सबैभन्दा बढी समय शासन गर्ने प्रधानमन्त्रीको छवि बनाउनुभएकी हसिना अन्ततः जनताकै अस्वीकृतिका कारण पद त्याग्न बाध्य हुनुभएको हो । उहाँ विगत १६ वर्षदेखि लगातार निर्वाचित हुँदै पाँचौँ पटक बङ्गलादेशको प्रधानमन्त्रीका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ पछिल्लो समय जनताको तीव्र आलोचना र आन्दोलन थेगिनसक्नु भएपछि जनताको चाहनाको सम्मान गर्दै सत्ता छाडेर भारततर्फ लाग्नुभएको छ ।

    Advertisement

    सोमबार हजारौँ प्रदर्शनकारीले प्रधानमन्त्री निवासमै प्रवेश गरेर तोडफोड थालेपछि हसिनाले राजीनामा दिनुभएको बङ्गलादेशका सञ्चारमाध्यमले जनाएका छन् । राजीनामासँगै टेलिभिजनमार्फत उहाँले देशवासीका नाममा सम्बोधन गर्न चाहे पनि उग्र प्रदर्शनका कारण हेलिकोप्टरमार्फत भारतको पश्चिमबङ्गालको त्रिपुरा हुँदै दिल्लीनजिक पुग्नुभएको छ । उहाँ अब फेरि राजनीतिक जीवनमा नफर्कने सोच बनाउनुभएको छोरा सजिब वाजेदले बिबिसीसँगको अन्तर्वार्तामा बताउनुभएको छ । राजनीतिक अस्थिरतायुक्त देशलाई विकासको पथमा अगाडि बढाउनुभएको उल्लेख गर्दै सजिबले पछिल्लो घटनाले हसिनालाई निराश पारेको बताउनुभयो । जीवन रक्षाका लागि परिवारको उच्च दबाबका बिच राजीनामा दिएको प्रस्ट्याउँदै सजिबले उहाँ अब भारतबाट बेलायत जान सक्ने सम्भावना रहेको बताउनुभयो ।

    बङ्बन्धुकी छोरीको सत्ता यात्रा

    हसिना बङ्गलादेशका संस्थापक तथा बङ्गलादेशका पिता सेख मुजिबुर रहमानकी छोरी हुनुहुन्छ । पाकिस्तानबाट बङ्गलादेशलाई छुट्टै देश बनाउन उहाँको अहम् भूमिका थियो तर पछि नेतृत्वलाई लिएर बढ्दै गएको विवादका बिच सन् १९७५ मा सैन्य कु हुँदा रहमान र परिवारका अन्य सदस्यको बङ्गलादेशमा हत्या भएको थियो । त्यो बेला हसिना र उहाँकी बहिनी विदेशमा भएकाले बाँच्न सफल हुनुभएको थियो । सो हत्याकाण्डपछि भारत निर्वासनमा रहेका दुई बहिनीलाई बङ्गलादेशका जनताको पूर्ण सहानुभूति मिल्यो ।

    सन् १९८१ ताका हसिना स्वदेश फर्किएर अरू राजनीतिक दलसँग मिलेर देशमा प्रजातन्त्र स्थापनार्थ आन्दोलनमा सहभागी हुनुभयो । लगत्तै सन् १९९६ को निर्वाचनमा जित हासिल गरेर पहिलो पटक बङ्गलादेशको प्रधानमन्त्री हुनुभयो । त्यसपछि सन् २००१ को निर्वाचनमा भने विपक्षी बेगम खालिदा जियासँग पराजित हुनुभयो । त्यसपछि फेरि सन् २००९ को निर्वाचनपछि लगातार हालसम्म निर्वाचित प्रधानमन्त्रीका रूपमा सत्ता सम्हाल्नुभएको थियो । उहाँको पाँचौ कार्यकाल सुरु भएको धेरै भएको थिएन ।

    सत्ताको बागडोर सेनाको हातमा

    प्रधानमन्त्री हसिनाले राजीनामासहित देशबाट पलायन भएपछि बङ्गलादेशको शासनसत्ता त्यहाँको सेनाको हातमा पुगेको छ । वर्तमान सरकारको नेतृत्वकर्ताले राजीनामा दिएलगत्तै शासकीय पद्धतिको बागडोर सेनाको हातमा पुगेको हो ।

    देशको अवस्था जटिल हुँदै गएपछि बङ्गलादेशका प्रधान सेनापतिले अन्तरिम सरकार गठनको पहल थाल्नुभएको छ । प्रधान सेनापति वकर उज जमानले देशवासीका नाममा सम्बोधन गर्दै अन्तरिम सरकार गठनको तयारी सुरु भएको जानकारी दिनुभयो । सबै जिम्मेवारी आफूले लिएकाले प्रदर्शन छाडेर घर फर्कन आन्दोलनकारीलाई आग्रह गर्नुभयो । तर सरकारको नेतृत्वकर्ताको विषयमा राष्ट्रपति मोहम्मद सहबुद्दिनसँग छलफल गर्नुभएको छ । प्रमुख दललाई समेत सरकारमा समावेश गरेर अघि बढ्ने पहल थालिएको छ । सरकारी सेवामा प्रजातन्त्रका सेनानीका सन्तानलाई आरक्षणको व्यवस्था खारेज गर्ने वा नगर्ने मुद्दासँगै सुरु भएको आन्दोलन हिंसात्मक बन्दा हसिनाको सत्ता सकिएको हो । त्यहाँको सर्वोच्च अदालतले आरक्षणको सुविधा अत्यन्त न्यून मात्र राख्ने निर्णय गरे पनि आन्दोलन रोकिएन ।

    बङ्गलादेश स्थापनाको प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका परिवारका सन्तानका लागि ३० प्रतिशतसम्म आरक्षण प्रदान गरिँदै आएको थियो । त्यसविरोधी आन्दोलनमा तीन सयभन्दा बढीको मृत्यु भएको छ । आरक्षणबाट त्यो आन्दोलन प्रधानमन्त्रीविरुद्ध मोडियो । आन्दोलनले आइतबार अत्यधिक हिंसात्मक रूप लिई एकै दिन ९१ जनाको मृत्यु भएपछि प्रदर्शनी सरकारको नियन्त्रण बाहिर गयो ।

    सोमबार आन्दोलन नियन्त्रणबाहिर गएपछि बाध्य भई प्रधानमन्त्री हसिनाले राजीनामा दिनुभयो । त्यहाँको अवस्था तनावग्रस्त बनेकाले देशव्यापी रूपमा इन्टरनेट सेवा अवरुद्ध गरिएको छ । उच्च सुरक्षा अपनाउँदै हवाई सेवासमेत बन्द गरिएको छ ।

    मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.