काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक सुपर ओभर खेलाइएको छ ।
आज भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई सुपर ओभरमा पराजित गरेको छ ।
सुपर ओभरको १९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रन मात्रै बनाउन सक्यो ।
पोखराका रिफर रेमन रिफरले ६ बलमा जम्मा ५ रन मात्रै दिलाउन सफल भएका थिए ।
यसअघि ब्याटिङमा पोखराका लागि १८ रनको स्कोर पुर्याउन रिफरले २ छक्का र १ चौका प्रहार गरेका थिए ।
