चितवन,
नेपाल युवा उद्यमी मञ्च (NYEF) चितवन च्याप्टरको आयोजनामा “दोस्रो श्रेणीका शहरहरूमा व्यवसाय विस्तारको सम्भावना” विषयक सेमिनार चितवनको होटल सिराइचुली, भरतपुरमा सम्पन्न भयो।
कार्यक्रमका प्रमुख वक्ता VOITH का अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का पूर्वअध्यक्ष श्री सुरज वैद्य थिए। वैद्यले दोश्रो श्रेणीका शहरहरूमा व्यवसाय विस्तारको सम्भावनाबारे आफ्ना अनुभव र दृष्टिकोण प्रस्तुत गर्दै, त्यस्ता शहरहरूमा व्यवसायको अवसर र चुनौतीहरूको चर्चा गरे।
कार्यक्रममा स्थानीय युवा उद्यमी, व्यवसायी, तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा सहभागीहरूले स्थानीय स्रोतसाधनको सदुपयोग गरी व्यवसाय विस्तार र रोजगारी सिर्जनाको महत्त्वबारे अन्तरक्रिया गरेका थिए।
कार्यक्रमको उद्देश्य युवा उद्यमीहरूलाई प्रोत्साहन दिने र स्थानीय स्तरमा व्यवसाय प्रवर्धनको सम्भावना उजागर गर्नु रहेको आयोजकले जनाएको छ।
