• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

‘आयात हैन, निर्यात प्रवर्द्धन गर्नेगरी ऐन बनाउन सांसदहरूको जोड’


  •   सोमबार, जेठ १२, २०८२ मा प्रकाशित
  • सांसदहरूले वस्तु तथा सेवाको निर्यात प्रवर्द्धन गर्ने गरी ऐन बनाउनुपर्नेमा जोड दिएका छन् ।

    Advertisement

    प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको आजको बैठकमा सदस्यहरूले निकासी पैठारी (नियमन) विधेयक, २०८१ ले निकासीलाई भन्दा पैठारीलाई बढी सहज बनाउने भन्दै केही दफाहरूमाथि टिप्पणी गरे । उनीहरूले दफा (६)को निकासी वा पैठारीसम्बन्धी अन्य व्यवस्थाबारे जिज्ञासा राखेका थिए ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयसँगको छलफलमा कृष्णकुमार श्रेष्ठ, हेमराज राई, रमा कोइराला पौड्याल र कान्तिका सेजुवाललगायत समिति सदस्यहरूले विधेयकमा निकासी वा पैठारीका क्रममा रहेका वस्तु बिक्री गर्न सक्ने व्यवस्थाबारे मन्त्रालयसँग जिज्ञासा राखे ।

    सांसद महेन्द्रबहादुर शाहीले भन्सारमा चुहावट नियन्त्रणका लागि पनि निकासी र पैठारीको तादम्यता मिल्नुपर्ने सुझाव प्रस्तुत गरे । “अहिलेसम्म पनि हामीले आयातलाई बढी मान्यता दिने र त्यसैको ‘सहयोग’मा हाम्रा कानुनहरू बनेका छन्,” उनले भने, “यस्ता गतिविधि हुन नदिन अब घरेलु उत्पादनले प्रवर्द्धन गर्ने किसिमले यो ऐन आउनुपर्छ ।”

    बैठकमा समिति सदस्य कान्तिका सेजुवालले कानुन निर्माणलाई सरलीकृत गर्नुपर्ने राय व्यक्त गरे । समिति सदस्यहरूले विधेयकको व्यवस्था भन्सार ऐनसँग बाझिनेप्रति सचेत हुनुपर्ने सुझाव राखे ।

    मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले समयानुकूल संशोधन र एकीकरण गर्न आवश्यकदेखि नयाँ विधेयक तयार गरिएको बताए । विधेयकले वैदेशिक व्यापारमा आएका नयाँ अवधारणासँगै निकासी पैठारी व्यवस्थालाई थप व्यवस्थित, पारदर्शी बनाई निकासी पैठारी हुने वस्तु वा सेवाको नियमन कार्यलाई प्रभावकारी बनाई निकासी पैठारीसम्बन्धी कार्यलाई थप सहजीकरण गर्ने उनको भनाइ थियो ।

    विधेयकमा कुनै वस्तुको निकासी वा पैठारी गर्नुअघि विभागबाट संकेत नम्बर लिनुपर्ने, निकासीमा प्रोत्साहन, निर्यात गृह स्थापना, निकासी प्रवर्द्धन कोष, सम्पर्क कार्यालय स्थापना र अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरण तथा पारदर्शिता इकाइ गठनको व्यवस्था समावेश गरिएको छ । मेला वा प्रदर्शनीका लागि निकासी वा पैठारी गर्न सकिने र निकासी वा पैठारीका क्रममा रहेको वस्तु बिक्री गर्न सक्ने र एन्ट्रापोट व्यापारसम्बन्धी व्यवस्था छ ।

    यसैगरी, यस विधेयकको दफा–६ मा कसैले विदेशी व्यक्तिबाट कच्चापदार्थ वा सहायक कच्चापदार्थ प्राप्त गरी कुनै वस्तुको आंशिक वा पूर्ण रूपमा निर्माण, उत्पादन, प्रशोधन वा डिजाइनमा परिवर्तन गरी तयार भएको वस्तु तोकिए बमोजिमको प्रक्रिया पूरा गरी निकासी गर्न सक्ने व्यवस्था गरेको छ । दफा ६ को उपदफा (४)मा व्यापारिक प्रयोजनका लागिबाहेक नेपालको भूभाग हुँदै अर्को मुलुकमा निकासी गर्नेगरी कुनै वस्तु पैठारी गर्नु पर्दा पैठारीकर्ताले विभागबाट तोकिएबमोजिम पारवहन (ट्रान्जिट)सुविधाको अनुमति लिनुपर्ने व्यवस्था छ ।

    सोमबार, जेठ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.