• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

देशको पहिचान बनाउने ढङ्गले प्रस्तुत हुनुहोस् : प्रधानमन्त्री ओली


  •   शुक्रबार, जेठ ३०, २०८२ मा प्रकाशित
  • प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा उत्पादन भएको शैक्षिक जनशक्तिले देशको पहिचान कस्तो बनाउने ढङ्गले प्रस्तुत हुनुपर्ने बताउनु भएको छ। शुक्रबार काठमाडौँ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै कुलपति समेत रहनुभएका प्रधानमन्त्रीले नेपालमा उत्पादित जनशक्तिले हरेक क्षेत्रमा कर्तव्यनिष्ठ र विनम्रतापूर्वक आफूलाई प्रस्तुत गर्नुपर्ने सुझाव दिनुभएको हो।

    Advertisement

    दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “विद्याले घमण्डलाई प्रवेश गर्न दिँदैन, विद्याले केवल विन्रमता, मित्रता मात्रै दिन्छ। नेपालमा उत्पादित जनशक्ति अन्य मुलुकमा उत्पादित जनशक्ति भन्दा अब्बल रहेका कारण नै स्वेदशमा अध्ययन गरेर विभिन्न देशमा पुगेका नेपाली जनशक्ति दक्ष र सफल भएको छ।”

    उहाँले काठमाडौँ विश्वविद्यालयबाट शुक्रबार दीक्षित भएका विद्यार्थीलाई आफ्ना अभिभावकलाई माया गर्दै अत्यन्तै सामाजिक भएर आफ्नो सेवा क्षेत्रमा काम गर्न निर्देशन दिनुभयो। “सरकार शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्न तयार छ, यी क्षेत्रमा केही परिवर्तन समेत भएको छ, सरकार शिक्षाको क्षेत्रमा सचेत छ, राम्रो र गुणस्तरीय, सहज पहुँचको शिक्षा प्रदान गर्न लागेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो। उहाँले माध्यमिक शिक्षा परिक्षा (एसइई) को परीक्षामा गत वर्षको जस्तो परीक्षाफल नआउने दाबी गर्दै यस वर्ष एसइईमा पास हुने विद्यार्थी प्रतिशत बढ्ने बताउनुभयो।

    प्रधानमन्त्री ओलीले सरकारले एसइईमा कम उत्र्तीण हुने समस्याको कारणहरु खोजेर त्यसको समाधानको लागि कार्यक्रम सञ्चालन गरेकोले एसइईमा उत्र्तीण हुनेको सङ्ख्या बढ्ने बताउनुभयो। कार्यक्रममा अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टमसका प्रमुख कार्यकारी अधिकृत ब्रेन्डन जी कारले कुनैपनि व्यक्तिको अगाडिको बाटो स्पष्ट नहुने भएकोले आफ्नो आत्मविश्वासले नै मानिसलाई अगाडि बढ्न प्रेरित गर्ने बताउनुभयो। उहाँले बिद्यार्थीहरुले आफूकस्तो भन्ने कुरा पढाईबाट नै प्रमाणित गरिसकेकोले आफ्नो अगाडि रहेका हरेक चुनौतीलाई आफु एक्लैले मात्रै सामना गर्न नसक्ने भएकोले सबैसँग साझेदारी गरेर अघि बढेको खण्डमा सबै खाले चुनौतीलाई सामना गर्न सकिने बताउनुभयो। कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेले विश्वविद्यालय स्थापना भएदेखि हालसम्म ४७ हजार ८३१ शैक्षिक जनशक्ति उत्पादन भएको बताउनुभयो।

    शुक्रबार भएको ३० औँ दीक्षान्त समारोहको दोस्रो चरणमा एक हजार १२९ विद्यार्थी दीक्षित भएका छन्। समारोहमा स्कुल अफ आर्टस्का १६३, स्कुल अफ एजुकेशनका १०२, स्कुल अफ इन्जिनियरिङका ६८, स्कुल अफ म्यानेजमेन्टका ११० विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ।

    यस्तै समारोहमा स्कुल अफ मेडिकल साइन्सेजका ६६१ जना र स्कुल अफ साइन्सका २५ विद्यार्थी दीक्षित भएका हुन्। समारोहमा स्कुल अफ आर्टस्, एजुकेशन, इन्जिनियरिङ, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र स्कुल अफ साइन्स सङ्कायका पीएचडी तहका १४, डीएम तहका आठ, एमसीएच तहका दश जना, एमफिल तहका ६९ जना बिद्यार्थी दीक्षित भएका छन्। दीक्षान्तमा स्नातकोत्तर तहका ५१३ जना, पीजीडी तहका चार जना र स्नातक तहका ५११ जना दीक्षित भएका हुन्। दीक्षित हुनेमा भुटान, भारत, श्रीलङ्का र माल्दिभ्सका ११८ जना विदेशी विद्यार्थीसहित ५७५ जना पुरुष र ५५४ जना महिला रहेका छन्।

    ३० औँ दीक्षान्त समारोहको दोस्रो चरणमा केयूको इतिहासमा पहिलो पटक स्कुल अफ इन्जिनियरिङतर्फ डक्टर्स अफ फिलोसोफी इन जियोमेट्रिक इन्जिनियरिङमा एक, स्कुल अफ मेनेजमेन्ट अन्र्तगत ब्याचलर अफ प्रोफेशनल हस्पिटालिटीमा २० जना दीक्षित भएका विश्वविद्यालयका प्रवक्ता एक्कुमाया पुनले बताउनुभयो।

    त्यसैगरी स्कुल अफ मेडिकल साइन्सेज अन्र्तगत डक्टर्स अफ मेडिसिन इन क्रिटिकल केयर मेडिसिनमा एक जना, डक्टर्स अफ मेडिसिन इन पुल्मोनरी क्रिटिकल केयर एण्ड स्पिल मेडिसिनमा एक जना विद्यार्थी दीक्षित भएका छन्। समारोहमा केयुको इतिहासमा पहिलो पटक एमएस्सी इन कम्युनिटी हेल्थ नर्सिङमा एक जना, एमएस्सी इन साइट्राट्रिक नर्सिङ मा दुई जना र मास्टर्स अफ फिजियोथेरापीका पाँच जनालाई उपाधि प्रदान गरिएको प्रवक्ता पुनले बताउनुभयो। विश्वविद्यालयबाट हालसम्म ४७ हजार ८३१ शैक्षिक जनशक्ति उत्पादन भएका छन्।

    दीक्षान्त समारोहमा दयारा सिंखडालाई चान्सलर स्वर्ण पदक, एजल सुजखूलाई भाइस चान्सलर स्वर्णपदक, कृष्णबाबु भट्टराईलाई जुद्धबहादुर श्रेष्ठ स्वार्णपदक, तरुण अग्रवाललाई रणबहादुर शाह स्वर्णपदक प्रदान गरिएको थियो। त्यस्तै सुयश तिमल्सिनालाई रमेशप्रसाद सिंह स्वर्णपदक, युरिशा उपाध्यायलाई महेशनाथ पराजुली स्वर्णपदक र एजल सुजखूलाई प्रेमराज पन्त स्वर्णपदक प्रदान गरिएको थियो।

    शुक्रबार, जेठ ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.