काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख २२ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
