• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

विदुर नगरपालिकाले बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार १० हजार रुपैयाँ दिने


  •   सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
  • नुवाकोट। भोटेकोशी बाढीबाट प्रभावित भएकालाई विदुर नगरपालिकाले कोठा भाडा बापत रकम उपलब्ध गराउने भएको छ ।

    Advertisement

    आइतबार बसेको नगर कार्यपालिकाको १३४औँ बैठकले बाढीको कारण बस्न योग्य घर नभएका स्थानीयवासीहरुलाई नगरपालिकाले घर भाडामा लिएर बस्न अनुरोध गर्दै भाडाबापतको रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

    नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बाढी प्रभावितलाई बस्न प्रतिपरिवार रु १० हजार कोठा भाडाबापत नगद उपलब्ध गराउने निर्णय गरेको हो । बाढी प्रभावितलाई ‘होल्डिङ सेन्टर’ को बसाइ छोट्याउन तथा यहाँबाट विस्थापित भएर अन्यत्र जान बाध्य भएकालाई पुन:स्थापनामा प्रोत्साहन गर्दै कोठा भाडा लिएर बस्न अनुरोधसहित त्यसबापत प्रति परिवार रु दश हजार नगरपालिकाले उपलब्ध गराउने निर्णय गरेको हो ।

    नगरप्रमुख श्रेष्ठको अनुसार घर भाडा रकम उपलब्ध गराउने र परिवारको लागी आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, भान्साको लागी चाहिने भाडा वर्तन, दैनिक प्रयोगका सरसफाइ लगायतका सामग्री राहत स्वरुप समेत उपलब्ध गराउने निर्णय भएको छ ।

    कोठा भाडामा लिँदा वा दिँदा कोही कसैले प्रचलित चलनचल्तीको भाडादर भन्दाबढी नलिन अनुरोध गर्दै यदि लिएको पाइएमा प्रचलित कानून अनुसार कारबाही हुने समेत नगर कार्यपालिकाको बैठकले चेतावनी दिएको छ ।

    बाढीबाट प्रभावित भएको करिब दुई साता हुन लागेको भन्दै अब दीर्घकालीन पुन:उत्थानतर्फ अघि बढ्नुपर्ने समय भएकाले तीनै तहको सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्था र दाताहरूको सहकार्यमा अस्थायी आवास निर्माणमा नगरपालिकाले जोड दिने उल्लेख छ ।

    “बाढीले प्रभावित भएर घरमा क्षति भएकाले सोही स्थानमा नयाँ आवास निर्माणको लागी तत्कालै सम्भव हुने अवस्था छैन ।” बैठकको निर्णय सार्वजनिक गर्दै नगरप्रमुख श्रेष्ठले भने, “विपद् पश्चात् तत्कालका लागि उपलब्ध गराउने राहतको सट्टा दिगो रूपमा उपभोग गर्न सकिने उपभोगका सामग्री र आवासीय प्रयोजनसँग सम्बन्धित सहयोग जुटाउनुपर्दछ ।”

    बैठकले विदुर नगरपालिकाभित्र सञ्चालित ‘होल्डिङ सेन्टर’मा बाढीबाट प्रभावित अन्य जिल्ला तथा पालिकाको नागरिकलाई सम्बन्धित जिल्ला तथा पालिकालाई नै व्यवस्थापनको प्रबन्ध मिलाउन आग्रह गर्ने निर्णय भएको छ । विदुर नगरपालिकाभित्र सञ्चालित होल्डिङ सेन्टरमा बसोबास गरिरहेका मध्ये करिब आधा सङ्ख्या अन्य जिल्ला वा पालिकाको रहेको पाइएकाले सम्बन्धित पालिका तथा जिल्लाले व्यवस्थापनमा सहजीकरण गरेर होल्डिङ सेन्टरको बसाइ हटाइ स्थायी बसोबासको प्रबन्धतर्फ विदुर नगरपालिका अघि बढ्ने लक्ष्य लिएको छ ।

    भदौ २४ देखि पठनपाठन सञ्चालन गर्ने

    विदुर नगरभित्र बाढी पश्चात् प्रभावित भएको विद्यालयको पठनपाठन यही भदौ २४ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय भएको छ ।

    नगर कार्यपालिका बैठकले अस्थायी आवास केन्द्र सञ्चालन भएका र पूर्ण क्षति भएका विद्यालयबाहेक बाँकी विद्यालय भदौ २४ देखि नियमित सञ्चालनमा ल्याउने निर्णय गरेको हो । बाढी गएको दिनदेखि रोकिएका विद्यालयको पढाइ सञ्चालन गराइ विद्यार्थीलाई आफूलाई पायक पर्ने जुनसुकै विद्यालयमा पढ्न जान पाउने उल्लेख गरिएको छ । त्यसलाई सहज बनाउन विद्यालय पोसाक पनि आवश्यक नपर्ने निर्णयमा भनिएको छ ।

    बाढीको कारण विद्यालयको सम्पूर्ण संरचना क्षति पुगेको मध्ये विदुर नगरपालिका–१ त्रिशूलीमा सञ्चालित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई वडा नं ९ बाट सञ्चालन गरिने भएको छ । बाढीले सम्पूर्ण संरचना क्षति पुगेको त्रिभुवन त्रिशूली माविका एक हजार ५० भन्दा बढी विद्यार्थीको अस्थायी सिकाइ केन्द्र सञ्चालन गराउन वडा नं ९ स्थित सहरी विकास तथा भवन कार्यालयसहितको जग्गा र जिल्ला विकास समितिको कार्यालयसहितको जग्गा प्रयोग गर्न नगरपालिकाले सहमति दिएको छ ।

     

     

    सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.