काठमाडौं ।काठमाडौंउपत्यका अपराध अनुसन्धान कार्यालयले ८ करोड ४१ लाख रुपैयाँ बिगो भएको ११ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्ने ४८ वर्षीय शेरबहादुर मगर रहेका छन्।
कार्यालयका अनुसार बैंकिङ कसुरसम्बन्धी १२ वटा मुद्दामा विभिन्न अदालतबाट भएको फैसलाअनुसार उनलाई २ वर्ष १४ दिन कैद र ६२ लाख १० हजार १०० रुपैयाँ जरिवाना ठहर भएको थियो।
फैसला कार्यान्वयनका लागि फरार रहेका मगरलाई खोजतलासका क्रममा ललितपुर महानगरपालिका–१० बाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीविरुद्ध विभिन्न अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता रहेको र ती मुद्दामा ठूलो रकम बिगो कायम भएको छ
