नवलपुर । नवलपुर असोज ९ (सेप्टेम्बर २५) विश्व फार्मासिस्ट दिवसको अवसरमा नेपाल फार्मेसी संघ, नवलपुर शाखाको आयोजनामा कालिगण्डकी चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
“स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ” भन्ने मूल नाराका साथ बिहान ८ बजेदेखि सञ्चालन गरिएको कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन्।
मानव जीवन रक्षाका लागि रक्तदानको महत्त्वलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा स्थानीय बासिन्दा, स्वास्थ्यकर्मी तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल फार्मेसी संघ, नवलपुर शाखाका प्रतिनिधिहरूले रक्तदान गर्ने रक्तदाता, स्वयंसेवक तथा सहयोगीहरूलाई धन्यवाद दिएका छन्।
