जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१३, सिउनास्थित हेर्ने भिरको ओडारबाट प्रहरीले ३ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ ।
२०८३ असोज १६ गते बिहान करिब ७ बजे इलाका प्रहरी कार्यालय रग्दाबाट खटिएको प्रहरी टोलीले ओडारमा बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएका बन्दुक फेला पारेको हो ।
बरामद भएका बन्दुकमध्ये २ थान साबुत अवस्थामा रहेका छन् भने १ थानको बट र नाल छुट्टिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बरामद बन्दुकहरू रीतपूर्वक बरामद गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रग्दामा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
