जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
दुर्घटनामा जिप चालक जुनिचाँदे गाउँपालिका–९ कल्ली स्याला निवासी २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३ स्याला निवासी दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा जुनिचाँदे गाउँपालिका–३ स्याला निवासी ३० वर्षीय दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन् ।
घाइतेहरूको टाउको, घाँटी, छाती, हात तथा ढाडमा चोट लागेको छ । उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ । घाइते तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।
प्राप्त विवरणअनुसार आज बिहान करिब २ बजे सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
