• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भरतपुर महानगरले गर्यो नेपालमा नै पहिलो पटक स्वास्थ्य स्वयंसेविकालाई ५० हजार नगद सहित सम्मान र बिदाइ


  •   आइतबार, असार २७, २०७८ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरले नेपालमा नै पहिलो पटक ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाइ नगद सहित बिदाइ गरेको छ । लामो समय देखि महिला स्वास्थ्य स्वयंसेविका भएर महिला दिदीबहिनीको स्वास्थ्यका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै भरतपुर महानगरले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद ५० हजार सहित प्रमाण पत्र र खादाले सम्मान गरेको हो ।

    Advertisement

    नगरमा कार्यरत २ सय ७ महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्येबाट महानगरको मापदण्ड पुरा गरेका ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद सहित महानगरले भब्य सम्मान र बिदाइ गरेको हो ।

    हामी निरन्तर सहयोग गर्छौ : दाहाल


    विगत ३५ वर्ष भन्दा बढि समय देखि लगातार सेवामा रहनुभएका आमा तथा दिदिहरुलाई खालिहात पठाउन मनले नमानेपछि महानगरपालिकाले निति बनाएर एैन र कानुनमा टेकेर उनीहरुका लागि नगद सहित सम्मान र बिदाई गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।
    सधै सेवामै खटिने आमा तथा दिदिहरुका लागि ५० हजार नगद खास ठुलो नभएपनि महानगरले नमुना कामको थालनी गरेको र आगामी दिनमा महिला स्वास्थ्य स्वयंसेविकाको हितमा महानगर निरन्तर लाग्ने दाहालले बताइन् । उनीहरुका लागि चाडपर्व भत्ता देखि अरु कँहा के गर्न सकिन्छ आफुहरुले छलफल गरिरहेको र सहयोग गरिरहने प्रतिवद्धता जनाइन् ।

    नया पुस्तालाई आफनो ज्ञान दिनुस : ठकुरी


    सो अवसरमा भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले नि स्वास्थ रुपमा समाजमा काम गरेका स्वयंसेविकाहरुलाई सम्मान गर्न पाउदा खुसि लागेको बताइन् । सेवाबाट अवकास लिएपनि आउने नयाँ पुस्तालाई आफ्नो ज्ञान दिन र आवश्यक परेका बेला समाजमा सेवा गरिरहन उनले आग्रह गरिन् ।
    महानगरले आगामी दिनमा पनि महानगरमा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरुको हितमा धेरै कार्यहरु गर्ने पनि बताइन् ।
    सम्मान भन्ने कुरा सानो भएपनि त्यसले ठुलो महत्व राख्ने बताउदै उनले  यो सम्मानले आगामी दिनमा थप उर्जा प्रदान गर्ने बताइन् ।

    समाजमा धन सम्पति भन्दा पनि सेवाले ठुलो छाप छोड्न सकिन्छ : खतिवडा


    सो अवसरमा महानगरका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले निस्वार्थ भावले लामो समयसम्म काम गरेका महिला आमा तथा दिदीबहिनीलाई सम्मान गर्र्नु आफैमा सार्थक कामको सुरुवात भएको बताइन् । आगामी दिनमा पनि महिला स्वास्थ्य स्वयंसेविकालाई कसरी सहयोग गर्न सकिन्छ त्यता तर्फ आफुहरुको ध्यान जाने उनको भनाई छ । समाजमा धन सम्पति भन्दा पनि सेवाले ठुलो छाप छोड्ने हुदा महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको समाजले सधै चर्चा गर्ने खतिवडाको भनाई छ ।

    स्वास्थ्य स्वयम सेबिकालाई मेरो सलाम छ : भण्डारी


    त्यस्तै भरतपुर महानगर प्रवक्ता अरुण पिडित भण्डारीले निस्वार्थ भावनाले आफनो कर्मलाई सधै शिरमा राखेर जनताको सेवामा समर्पित भएर हिड्ने स्वास्थ्य स्वयंसेविका प्रति आफुहरु निकै खुसि भएको बताए । महिला स्वास्थ्य स्वयंसेविकाको योगदान समाजमा उच्च रहेको उनको भनाई थियो ।
    कहि कतै एउटाले छोड्दै गर्दा अर्को स्वास्थ्य स्वयंसेविका नियुक्ती गर्दा त्यही परिवारमा पुस्ता हस्तान्तरण हुने प्रबृति पनि देखिएकाले यसको हकमा पनि स्वास्थ्य शाखाले ध्यान दिन आवश्यक रहेको पनि बताए । भरतपुर महानगर २१ का अध्यक्ष चित्रसेन अधिकारीले महानगरले राम्रो कामको सुरुवात गरेको र आगामी दिनमा पनि यस्ता कामले निरन्तरता पाउने बताए ।

    हामी धेरै खुसि छौ : सञ्जाल अध्यक्ष श्रेष्ठ


    स्वास्थ्य स्वयंसेविका सञ्जाल भरतपुर महानगर अध्यक्ष सुभद्रा श्रेष्ठले महानगरले आफुहरुका समस्या समाधानमा ध्यान दिएको र आगामी दिनमा पनि थप सहयोग हुने कुरामा आफुहरु धेरै आशावादी रहेको बताइन्।

    सुनका गहना बनाउने देखि धर्म कर्म गर्ने सम्मका चाहना
    भरतपुर महानगर वडा नम्वर २७ की महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी भुषालले महानगरले नगद सहित सम्मान गरेपछि आफुलाई निकै भाग्यमानी महशुस गरेको बताइन् । उनले यो रकमले सुनको गहना किन्ने बताइन् । भरतपुर १६ मा कार्यरत लिलादेवी पौडेलले महानगरले सम्मान गरेको रकम बाट धार्मीक कार्यमा खर्चो गर्ने चाहना प्रकट गरिन् ।

    स्वास्थ्य स्वयंसेविकाको योगदान अद्भुत छ : स्वास्थ्य अधिकारी


    भरतपुर महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले महानगरमा कार्यरत २ सय ७ जना मध्ये पछिल्लो कार्यबिधिमा उल्लेख्य भएको व्यवस्था अन्तर्गत आफुहरुले ३६ जनालाई बिदाइ गर्ने योजना अनुसार नगद सहित सम्मान गरेर बिदाइ गरेको बताए । अझै केही स्वयंसेविका ६० वर्ष उमेर पुगेका र बिदाई हुन नचाहनेहरु पनि रहेका र उनीहरुलार्ई अर्को वर्ष बिदाइ गरिने उनकोे भनाई छ ।

    भरतपुर महानगर जनस्वास्थ्य प्रवर्धन शाखाका निमित्त प्रमुख सुर्य तिवारीले मात्रि मृत्युदर र बाल मृत्युदर घटाउन स्वास्थ्य स्वयंसेविकाको भुमिका महत्वपुर्ण रहेको बताए । ४५ सालदेखि राज्यले स्वास्थ्य स्वयंसेविका नियुति गर्ने र परिचालन गर्ने योजना बनाएको र त्यही कार्यक्रम अन्तर्गत महानगरमा पनि महिला दिदीबहिनीहरुले निरन्तर काम गरिरहेको उनले बताइन् । बच्चा र आमाको स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य स्वयंसेविकाको  भुमिका महत्वपुर्ण रहेको उनले बताए ।

    आइतबार, असार २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.