• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

ओलीलाई देउवाले दिएको तीन सन्देश


  •   सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
  • काठमाडौं । दुई तिहाइ समर्थन प्राप्त कम्युनिष्ट सरकारलाई विस्तापित गरेर कांग्रेस सभापति शेरबहादुर देउवा शक्तिशाली प्रधानमन्त्री बनेका छन् । सरकारमा जाने इच्छा नदेखाउँदा नदेखाउँदै कम्युनिष्ट नेताहरुकै बुई चढेर देउवा आगामी दिनका लागि शक्तिशाली प्रधानमन्त्री बनेका हुन् ।

    Advertisement

    अल्पमतको कांग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर कम्युनिष्ट नेताहरुले प्रदान गरेपछि प्रधानमन्त्री बनेका देउवा सरकारलाई आइतबार प्रतिनिधि सभामा भारी बहुमतले विश्वासको मत दिएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओली २०७४ फागुन ३ गते सत्तारोहण गर्दा र पछि तत्कालीन संघीय समाजवादी पार्टीले समर्थन गरेपछि ओली सरकार दुई तिहाइ बहुमत प्राप्त थियो । तर, समय वित्दै जाँदा ओली सरकार अल्पमतमा पर्दै असंवैधानिक कदम चालेको आरोपको पुलिन्दा बोकेर सत्ताच्यूत हुन पुग्यो ।

    अन्ततः कम्युनिष्टलाई जनताले मत दिए पनि कम्युनिष्ट नेताले कांग्रेसलाई सत्ताको नेतृत्व सुम्पियो । यस अवस्था कांग्रेस सभापति तथा वर्तमान प्रधानमन्त्री देउवाले पूर्ववर्ती प्रधानमन्त्री ओलीलाई तीन सन्देश दिएका छन् । जुन निकै महत्वपूर्ण मान्न सकिन्छ ।

    १. संसद्‌बाट सरकार सम्भव

    तत्कालीन प्रधानमन्त्री ओलीले मौजुदा प्रतिनिधि सभाले सरकार बनाउन नसक्ने जिकीर गर्दै संसद् विघटन गरेका थिए । तर, देउवाले आइतबार पाएको विश्वासको मतले ओलीको जिकीर र तर्कलाई खारेज गरिदिएको छ । ६१ सांसद रहेको देउवा सरकारले १६५ मतसहित विश्वासको मत प्राप्त गरेको छ । मौजुदा प्रतिनिधि सभाले सरकार दिन नसक्ने ओलीको अडानले देउवाले गलत सावित गर्दै संसद विघटनको औचित्य कायम गर्ने प्रयास गरेका छन् ।

    २. प्रतिनिधि सभा विपक्षी दलको 

    तत्कालीन नेकपाको सरकार होस् वा पछि एमालेकै सरकार किन नहोस् प्रतिपक्षी दलहरुमाथि संसदमा बन्देज लगाएको आरोप लाग्ने गरेको थियो । कांग्रेस नेताहरुले संसदमा आफूहरुलाई विभेद गरिएको, बोल्न नदिएको, सरकारले संसदलाई नियन्त्रणमा राख्न खोजेको आरोप लगाएका थिए । तत्कालीन प्रधानमन्त्री ओली विपक्षी दलका नेताहरुमाथि आक्रमकरुपम प्रस्तुत हुने, मार्सल लगाएर आफ्नो एजेण्डा पारित गराउन खोज्ने प्रयास गरेका थिए ।

    तर, पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले संसद प्रतिपक्षी भएकाले आफू धेरै नबोल्ने बताए । ‘संसद प्रतिपक्षी दलको हो, म धेरै बोल्दिनँ, ठूल्ठूला स्वरमा सरकार बोल्दैन, यसरी विपक्षी दल बोल्ने हो, सरकार र सरकार पक्ष शान्त रहन्छ’, प्रधानमन्त्री देउवाले भने । संसद प्रतिपक्षी दलको भएकाले सरकारले संसदमा सुन्ने र सोहीअनुसार काम गर्नु पर्ने सन्देश देउवाले ओलीलाई दिएका छन् ।

    ३. नेतृत्वदायी क्षमता 

    नेतृत्वमा रहने व्यक्तिको सबैलाई मिलाउन सक्ने क्षमत चाहिने सन्देश देउवाले ओलीलाई दिएका छन् । मौजुदा प्रतिनिधि सभामा ओलीले दुई तिहाइ प्राप्त सरकारको नेतृत्व गरेका थिए । तर, नेतृत्वदायी क्षमताको कमिले अल्पमतमा पर्दै ओली सत्ताच्यूत भएसँगै देउवाको सत्तारोहण भयो । ओलीले सरकारको समर्थनमात्रै खण्डित गरेनन्, आफैँले नेतृत्व लिएको नेकपा खारेज भयो भने एमाले पनि विभाजित अवस्थामा छ ।

    तर, अल्पमतमा रहेका कांग्रेस सभापति देउवा भारी बहुमतसहित विश्वासको मत पाएर शक्तिशाली सरकारका प्रधानमन्त्री बनेका छन् । ६१ सांसद रहेको कांग्रेस सभापति देउवाले नेतृत्वदायी क्षमता देखाएर १६५ मत सहित विश्वासको बहुमत पाए । कांग्रेस, माओवादी, जसपा र एमालेको नेपाल समूहको मात्रै होइन ओली समूहकै सांसदहरुको मत पाए ।

    मुलुकमा आन्दोलन कांग्रेसले नेतृत्व लिएको छ । तर, मुलुक जटिल मोडमा पुग्दा कांग्रेसको मौनतामाथि विभिन्न प्रश्न उब्जाइएको थियो । तर, यसपटक देउवा संसदमा प्रतिनिधित्व गर्ने दलको हैसियत पाएका प्रमुख दलको समर्थनसहित विश्वासको मत पाएका हुन् ।

    आफूसँग बहुमत भएर मात्रै सरकारको नेतृत्व गर्न नसकिने र यसका लागि नेतृत्वदायी क्षमता चाहिने सन्देश देउवाले ओलीलाई दिएका छन् ।

    सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.