काठमाडौं – श्रीलंकामा अनौठो नीलमणि फेला परेको छ । श्रीलंकाको रत्नपुरा क्षेत्रमा फेला परेको उक्त नीलमणि विश्वकै सबैधन्दा ठुलो रहेको बताइएको छ । ५१० किलोग्रामको उक्त नीलमणि इनार खनिरहेका मजदुरले फेला पारेका हुन् ।
इनार खनिरहेको मान्छेहरुले अनौठा ढुंगा भेटेपछि साउलाई खबर गरेका थिए । गामागे नाम गरेका व्यापारीले आफ्नो घरको छेउमा इनार खन्न लगाएका थिए। ती व्यापारीलाई अनौठा ढुंगाको बारेमा भेटएको थाहाँ भएपछि जाँच्न अधिकारीहरूलाई खबर गरेका थिए ।
नीलमणि ४० करोड वर्ष पहिलेको हुनसक्ने अनुमान लगाइएको बीबीसीमा जनाइएको छ । अनौठा ढुंगा बारे गामागेलाई सोध्ला उनले केही बताउन चाहेनन् । गामागेको परिवारले तीन पुस्तादेखि रत्न व्यापार गर्दै आइरहेको छ ।
विज्ञहरूका अनुसार उक्त नीलमणिको अन्तर्राष्ट्रिय बजार मूल्य अहिले १० करोड डलर ९११ अर्ब ८८ करोड रुपैयाँ० रहेको बीबीसीमा जनाइएको छ । बनेको हुनसक्ने बताइएको छ ।
