‘खाद्य प्रणालिमा रूपान्तर मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मुल नाराका साथ भरतपुर महानगरपालिका , भरतपुर महानगर युवा संजाल, वे ग्रुप नेपाल ,युवा उद्घमी मञ्च युथ चेम्बर अफ कर्मश लगायत अन्य संस्थाहरूकाे सहकार्यमा अन्तर्राष्ट्रिय युवा दिवस मनाएकाे छ ।
अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा भरतपुर महानगरपालिका र अन्य युवा संघ संस्थाहरूले विविध कार्यक्रमहरूमध्ये बिहान मानव सेवा आश्रम भरतपुर १० मा एक दिनकाे भाेजन वितरण, दिउसों माक्र्स प्रयाेग सम्बन्धि जनचेतनामूलक कार्यक्रम, बेलुका उद्घमी युवाकाे सफलताकाे कथा समेटिएकाे रेडियो सम्वाद कार्यक्रम लगायत अन्य स्वयंसेवकिय कार्यहरू गरी युवा दिवस मनाएको हाे ।
कार्यक्रममा प्रमुख अतिथिमा भरतपुर महानगरपालिकाका महानगर प्रमुख रेनु दाहाल, उप मेयर पार्वती ठकुरी शाह, प्रमुख प्रशासकिय अधिकृत भाेजराज खतिवडा, शिक्षा महाशाखा प्रमुख महेन्द्र पौड्याल युवा संजाल संयाेजक सन्देश वाग्ले, वे ग्रुप नेपाल तथा अन्य सहकार्य संस्थाका प्रतिनिधिहरूकाे महत्त्वपूर्ण उपस्थिति रहेकाे थियोे ।
आज २२ औ अन्तर्राष्ट्रिय युवा दिवस विश्वभर महत्त्वपूर्ण कार्यक्रमहरू आयाेजना गरी मनायीएको छ । हरेक बर्ष अगष्ट १२ मा मनाइने अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रम काेराेना महामारीको कारणले गर्दा भाैतिक उपस्थिति हुन नसके पनि अनलाइन प्रविधिकाे माध्यमबाट गत बर्ष देखि हुदै आइरहेकाे छ ।
भि ग्रुप मीडिया नेटवर्क
