काठमाडौं । माधव कुमार नेपालले नेकपा एमाले परित्याग गरि नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेका छन् । माधव नेपाल समूहको केन्द्रीय कमिटीले आज निर्णय गर्दै नयाँ दल दर्ता गर्ने भएका छन् ।
माधव नेपालले दर्ता गर्ने नयाँ दलको नाम ‘एमाले समाजवादी’ हुने भएको छ भने चुनाव चिन्ह खुला किताब हुने भएको छ । यस अघि चुनाव चिन्हमा पनि सूर्यलाई राख्ने कि भन्ने छलफल चलेको थियो तर अन्त्यमा चुनाव चिन्ह खुला किताब राख्ने निर्णय गरेको छ ।
अहिले नयाँ बानेश्वरमा बसेको बैठकले नयाँ पार्टी दर्ता गर्ने प्रक्रिया सबै मिलाउने प्रक्रिया बारे निर्णय गर्दैछ । माधव नेपालको पार्टीमा जान ईच्छुक नेताहरुलाई माधव नेपालले डाकेका छन् ।
