• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

निपा भाइरसको जोखिममा काठमाडौं र भक्तपुर!


  •   मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
  • भारतको केरला राज्यमा केही दिनअगाडि एक १२ वर्षीय बालकको निपा भाइरसका कारण मृत्यु भएको पुष्टि भयो।

    Advertisement

    कोरोना महामारी प्रवेश गर्नु एक वर्षअगाडि पनि सोही राज्यमा निपा भाइरसका कारण कम्तीमा १७ जनाको मृत्यु भएको थियो।

    नेपाल सरकारले पनि केही दिन अगाडि मात्र निपा भाइरसविरूद्ध सतर्कता अपनाउन र शंकास्पद बिरामी देखिए नमूना संकलन गर्न अनुरोध गरेको थियो।

    के नेपाल पनि निपा भाइरसको जोखिममा छ? त्यसका लागि पहिले यो भाइरसको स्रोत केलाउनुपर्ने हुन्छ।

    निपा भाइरस विशेषत पशुपंक्षी र संक्रमित मानिस गरी दुई वटा स्रोतहरूबाट सर्ने गर्छ। पशुपंक्षीमा पनि विशेष गरी ‘फ्रुट ब्याट’ (चमेरो) र संक्रमित सुंगुर लगायत अन्य पशुहरूको सम्पर्कबाट सर्ने गर्छ।

    निपा भाइरस मानिसबाट मानिसमा सर्ने भएकोले थप चिन्ता देखिएको हो।

    विगतमा पनि यसको मृत्युदर ७५ प्रतिशतसम्म देखिएको थियो। अर्थात् १० जना संक्रमितमध्ये ७ जनाको मृत्यु हुनु हो। तसर्थ यसलाई घातक संक्रामक रोग भनेर बुझ्दा हुन्छ।

    निपा भाइरस उपचारको लागि निश्चित औषधि छैन भने यो भाइरसविरूद्ध खोप पनि हालसम्म उपलब्ध छैन।

    संक्रमण भएको चारदेखि चौध दिनसम्ममा सामान्यतया लक्षणहरू देखिने गर्छ। उच्च ज्वरो आउनु, टाउको दुख्नु, घाँटी दुख्नु, जिउ दुख्नु, बान्ता हुनु तथा श्वासप्रश्वासमा समस्या देखिनु यसका मुख्य लक्षण हुन्।

    तत्पश्चात् बिरामी भ्रमित हुने, अलमलमा पर्ने र अचेत अवस्थामा समेत पुग्ने गर्दछ। मष्तिष्कमा प्रभाव पारेको ४८ घण्टासम्ममा बिरामी अचेत अवस्थासम्म पुग्ने गर्दछ। तर कसै-कसैलाई संक्रमण भएको महिनौं वा वर्षपछि पनि मृत्यु हुनसक्ने अनुसन्धानहरूले देखाएको छ।

    उपचारपश्चात् धेरैजना निको हुने भएता पनि झन्डै २० प्रतिशतमा भने यसको प्रभाव मष्तिष्कमा रहिरहने हुन्छ। निपा भाइरसको निदान एलाइजा(एन्टीबडी) र पिसीआर प्रविधिबाट गर्न सकिन्छ।

    भारत र विभिन्न देशमा जस्तै नेपालमा पनि ‘टरोपस’ प्रजातिको चमेरा (फ्रुट ब्याट) पाइन्छ। यही जातको चमेरो निपा भाइरसको प्राकृतिक होस्ट मानिन्छ।

    भारत, बंगलादेश, मलेसिया, थाइल्यान्डलगायत देशहरूमा ‘टेरोपस’ प्रजातिको चमेरामा गरिएका अनुसन्धानहरूले निपा भाइरसले संक्रमण गर्ने गरेको देखिएको छ। नेपालमा पनि काठमाडौं उपत्यकाको काठमाडौं र भक्तपुर लगायत विभिन्न जिल्लाहरूमा ‘टेरोपस’ प्रजातिको चमेरा देखिएको अनुसन्धानहरूले देखाउँछ।

    त्रिभुवन विश्वविद्यालय, पोखरा तथा मध्य-पश्चिमाञ्चल विश्वविद्यालयहरूका अनुसन्धानकर्ताहरूले संयुक्त रूपमा काठमाडौं तथा भक्तपुरमा रहेका सो प्रजातिको चमेराका खानपान र व्यवहारमा केन्द्रित भएर अनुसन्धान गरेका थिए। तर निपा भाइरस लगायत अरू संक्रमणहरुको बारेमा भने खोजमा समावेश थिएन। तसर्थ: नेपालमा पनि विशेषत काठमाडौं उपत्यकामा भएका चमेरामा मानिसको लागि घातक मानिएका संक्रमणहरूलाई लक्षित गरेर अनुसन्धान हुन जरूरी छ।

    सन् १९९९ मा पहिलोपटक निपा भाइरस मलेसियाका सुंगुर पालक कृषकहरूमा प्रकोपको रूपमा फैलिएको थियो। नेपालमा पनि सुंगुर पालन गर्ने कृषकहरू धेरै रहेकाले जैविक सुरक्षाका उपाय अपनाउन जरूरी छ।

    सन् २००१ मा भारतको सिलिगुरीमा निपा भाइरसको ‘आउटब्रेक’ भएको थियो। झन्डै ७५ प्रतिशत संक्रमण स्वास्थ्यकर्मी र अस्पताल आवतजावत गर्नेहरूमा देखिएको थियो।

    उक्त घटनाले निपा भाइरस पशुपंक्षीबाट मात्र नभई मानिसबाट मानिसमा पनि सहजै फैलने सक्ने देखिन्छ।

    यो घटनाले स्वास्थ्यकर्मीहरू थप जोखिममा हुने देखिन्छ।

    काठमाडौंमा सयौं स्वास्थ्य केन्द्र, अस्पताल तथा प्रयोगशालाहरू छन् तर सबै ठाउँमा सुरक्षाका उपायहरू अपनाएको देखिँदैन। जसले गर्दा निपा भाइरसको जोखिम स्वास्थ्यकर्मीहरूबीच नै उच्च भएको देखिन्छ।

    विश्व स्वास्थ्य संगठनले समुदायको लागि उच्च जोखिम मानिएका ९ संक्रामक रोगहरूमध्ये निपा भाइरसलाई पनि समावेश गरेको छ।

    तर नेपालमा भने निपा भाइरसको अनुसन्धानमा राज्यको सहयोग वा ध्यान गएको देखिँदैन। हाल यसको विशेष औषधि तथा खोप उपलब्ध नभएकोले बच्ने उपाय अपनाउनु नै उत्तम हुनेछ। त्यसका लागि फलफूल राम्ररी सफा गरेर मात्र उपभोग गर्ने, सुंगुरमा स्वास्थ्य समस्या देखिए कृषकहरूले तुरुन्त विशेषज्ञसँग जाँच गराउने र स्वास्थ्यकर्मीहरूले सुरक्षाका उपायहरू अपनाएरमात्र बिरामीको नमूना संकलन गर्ने वा उपचार गर्नुपर्छ।

    अन्तमा, निपा भाइरस उच्च घातक संक्रामक रोग हो। काठमाडौं उपत्यका नेपालको सबैभन्दा बढी जनघनत्व भएको ठाउँ र निपा भाइरसको स्रोत मानिने ‘टेरोपस’ प्रजाति चमेराको पनि बासस्थान भएकोले काठमाडौं सबभन्दा बढी जोखिममा पर्ने सहर हो। तसर्थ काठमाडौं तथा भक्तपुरका चमेरामा निपा भाइरस छ/छैन भन्ने पुष्टि गर्न सके आगामी दिनमा यो भाइरसविरूद्ध सतर्कता अपनाउन र निपा निर्देशिका बनाउन पनि सहज हुनेछ।

    मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.