काठमाडौं – गए राति युइएफए च्याम्पियन्स लिग अन्त्र्गत भएको खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा रियल म्याड्रिडले इन्टरलाई १–० गोलले पराजित गरेको हो । उक्त खेलमा रियलका लागि ब्राजिली युवा विंगर रोड्रिगोले निर्णायक गोल गरी टिमलाई जित दिलाए ।
उनले खेलको ८९औं मिनेटमा गोल गरि रियललाई जित दिलाए । खेलमा इन्टरका लागि धेरै अवसर भए पनि गोल फर्काउन सकेन । जितसँगै समान ३ अंक रहेपनि रियल दोस्रो स्थानमा रहेको छ
