• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ४. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ५. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ६. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ७. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

दुई महिनामै थपियो ५०० मेगावाट बिजुली, विद्युत उत्पादनमा बन्यो नयाँ रेकर्ड


  •   शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
  • काठमाडौं । चालु आर्थिक वर्षमा बिजुली उत्पादनमा नयाँ रेकर्ड कायम भएको छ । साउनयता सार्वजनिक तथा निजी लगानीका ३ वटा साना र ठूला जलविद्युत आयोजना सम्पन्न भई प्रणालीमा ४८६ मेगावाट बिजुली थप भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यो

    Advertisement

    उत्पादन हालसम्मकै यो उच्च हो । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसीबाट ४५६, सिंगटी खोलाबाट २५ र गोरखा आयोजनाबाट ५ मेगावाट बिजुली थप भएको प्राधिकरणले जनाएको छ । निजी लगानीबाट निर्माण भइरहेका अयोजना सम्पन्न हुने क्रम बढेको छ । यस्तै विद्युत प्राधिकरणले सहायक कम्पनीहरुबाट निर्माण गरिरहेको ५७ मेगावाटका माथिल्लो तथा तल्लो सान्जेन र १११ मेगावाटको रसुवागढीबाट यो आर्थिक वर्षभित्र बिजुली उत्पादन हुने अनुमान गरिएको छ ।

    यस्तै बुटवल पावर कम्पनीले सहायक कम्पनीबाट निर्माण गरिरहेको  ३० मेगावाटका न्यादी जलविद्युत आयोजना सम्पन्न हुने चरणमा रहेका छन् । बिजुली उत्पादन बढेर १९००  मेगावाट पुगेको छ ।

    यो वर्ष माथिल्लो त्रिशुली ३ बीबाट ३७ राहुघाटबाट ४० मेगावाट र मध्य भोटेकोसीबाट १०२ मेगावाट बिजुली उत्पादन हुने प्रक्षेपण सरकारले गरेको छ । सरकारले १६०० मेगावाट थप उत्पादनको लक्ष्य लिएको छ ।

    निजी क्षेत्रबाट १०५५ मेगावाट थप गरी महत्वकाँक्षी लक्ष्य पूरा गर्ने सरकारको योजना छ ।  यस्तै हिमालयन पावर पार्टनरले बनाइरहेको २७ मेगावाटको दोर्दीखोला आयोजनाबाट असोजदेखि बिजुली उत्पादन हुँदैछ ।

    सरकारले चालू आर्थिक वर्षमा बिजुली उत्पादन बढाएर ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ । सरकारले लिएको लक्ष्य पुरा नभए पनि आधा बिजुली थप हुने देखिएको छ । कोराना महामारीले अवरुद्ध अधिकाँश आयोजनाको काम अन्तिम चरणमा पुगेकाले प्रणालीमा जोडिने क्रममा रहेका छन् ।

    यस्तै बिजुलीको पहुँच विस्तार भई आगामी वर्षभित्र ९७ प्रतिशत जनसंख्याले राष्ट्रिय प्रसारण लाइनबाट बिजुली बाल्न पाउने छन् । नेपाल विद्युत प्राधिकरण र जनताको संयुक्त लगानीमा ९९ मेगावाट क्षमताको तामाकोसी ५ को निर्माण आगामी आर्थिक वर्षदेखि सुरु हुने भएको छ । ६३५ मेगावाट क्षमताको जलाशययत्त दधकोसी आयोजनाको निर्माण सुरु हुने भएको छ ।

    तनहुँ जलविद्युत आयोजना निर्माण कायलाई तिब्रता र अर्ध जलाशययुत्त माथिल्लो अरुण आयोजनाको पूर्वतयारीको काम सम्पन्न गरिने भएको छ । यसका लागि ७ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरिएको छ । अरुण, फुकोट कर्णाली,जगदुल्ला, सिम्बुवा तथा घुन्सा खोला आयोजनाको लगानी ढाँचा यकिन गरी पूर्वतयारीको काम गरिने भएको छ ।

    ७६५ मेगावाटको तमोर जलाशययुक्त आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनको काम हुने भएको छ । बूढीगण्डकी, पश्चि सेती, उत्तरगंगा र नलगाड आयोजनाको निर्माण ढाँचा निधारण गरी स्रोत व्यवस्थापनको लक्ष्य राखिएको छ । यस्तै कर्मचारी सञ्चय कोषको अगुवाइमा निर्माण लागेको ४४२ मेगावाटको वेतन कर्णाली आयोजनाको पनि निर्माण थालिने भएको छ ।

    यस्तै सरकारले ल्याएको प्रतिस्थापन बजेटमा २०० मेगावाट माथिका ठूला अर्धजलासय तथा जलासय आयोजनालाई १५ वर्ष पुरै र ६ वर्ष आधा कर छुट दिने व्यवस्था गरेको छ ।

    शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ४.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ५.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ६.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.