काठमाडौं – सरकारले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको कानुन मन्त्री ज्ञानेन्द्र कार्कीले बैठकपछि जानकारी दिए ।
उक्त बैठकले कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।
