काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । बुधबार परराष्ट्रमन्त्री खड्का र राजदूत क्वात्राबीच मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटवार्तामा उनीहरुबीच नेपाल–भारतबीचका द्विपक्षीय महत्वपूर्ण सम्बन्ध, कोरोनाभाइरसविरुद्धको कोभिसिल्ड खोप आपूर्ति गर्ने बारे छलफल भएको छ ।
