काठमाडौं – बैतडीमा पहिरोले घर पुरिँदा ३ जनाको ज्यान गएको छ । शिवनाथ- ६ बसेडीका रामी पार्कीको घर पहिरोले पुरिँदा एकैघरका दुई जना बुहारी र एक जना नातिको ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र तीन वर्षीय सोम पार्की रहेका छन् । उनीहरुको शव साझँ फेला परेको हो ।
अहिले सोही स्थानमा सुल्लेखान र सार्माली प्रहरी चौकीबाट दुईवटा प्रहरी टोली परिचालन गरिएको जनाइएको छ ।
