काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको निर्वाचन आफ्ना लागि अन्तिम हुनसक्ने बताएका छन् । मंगलबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।
जनतालाई कुनै भ्रम र द्विविधामा नपर्न आग्रह गर्दै उनले अबको निर्वाचन चितवनबाटै लड्ने स्पष्ट पारे । आफूले चितवन नछाड्ने तर अबको निर्वाचन आफ्ना लागि अन्तिम हुनसक्ने उनको भनाई छ ।
उनले भने – ‘सायद अबको निर्वाचन मेरो लागि अन्तिम हुन पनि सक्छ, पाँच वर्षको लागि, तर म चितवन छोड्दिनँ ।’
सत्तारुढ गठबन्धनमा कुनै समस्या नरहेको बताउदै प्रचण्डले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको पनि बताए ।
