जल तथा मौसम विज्ञान विभागले आज कात्तिक २८ गते आइतबार गण्डकी प्रदेशको हिमाली भेगमा हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो प्रदेश १ का पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै आज राति राति प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य वदली तथा अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको सूचनामा जनाइएको छ ।
अहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ । विभागका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय छैन ।
भोलि सोमबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना छ ।
