• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

५० हजारमा सुरू भएको नेपाली चकलेट ब्रान्डले गर्दैछ महिनामा ६ लाखको व्यापार


  •   शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
  • धेरैले भनेको सुनेका छौं- चकलेट त विदेशी मात्र मिठो!

    Advertisement

    हुन पनि गुणस्तरीय चकलेट किन्न जानुभयो भने विदेशी ब्रान्डकै पाइन्छन्। भलै यहाँ पाइने स्वाद केही फरक होस्, संसारभर चर्चित ब्रान्ड त हुन् नि!

    तर तपाईंलाई थाहा छ कि छैन, नेपालमै पनि उत्तिकै राम्रा र स्वादिला चकलेट बन्छन्। स्वदेशी ब्रान्डका चकलेट बजारमा छ्यासछ्यास्ती नहोलान्, चाहनुभयो भने पक्कै पाउनुहुनेछ।

    यस्तैमध्ये आज हामी कुरा गर्दैछौं नेपाली चकलेट ब्रान्ड ‘येजु’को।

    येजु २४ वर्षीय सौरभमणि शाक्य र २१ वर्षीया सलोनीदेवी शाक्यको मेहनतको उपज हो।

    सलोनीदेवी शाक्य र सौरभमणि शाक्य
    यो ब्रान्डअन्तर्गत मार्समेलो ह्वाइट, ब्लुबेरी, रास्पबेरी, क्र्यानबेरी, डार्क, लगायत गरी २२ स्वादका चकलेट पाइन्छ। भेगन चकलेट र धेरै गुलियो मननपर्ने तथा मधुमेह भएका व्यक्तिका लागि ५०, ६० र ७० प्रतिशत कोकोआ भएको डार्क चकलेट पनि उपलब्ध छ।

    ‘डार्क चकलेट अरूभन्दा धेरै गुलियो हुँदैन र चिनी नमिसाइने भएकाले राम्रो हुन्छ,’ सलोनीले भनिन्, ‘सबैले खान मिल्ने होस् भनेर हामीले विभिन्न स्वादमा चकलेट उत्पादन गरेका हौं।’

    सलोनी र सौरभ कोरोना लकडाउन सुरू हुनुअघि नै व्यवसाय गर्ने धूनमा थिए। कुन व्यवसाय गर्ने भन्ने निधो थिएन। सुरूमा उनीहरूले मान्छेको जिब्रोमा मिठो स्वाद छाड्ने चकलेटबारे बुझे। बजारमा चकलेटकै लागि भनेर छुट्टै पसल देखेनन्। अनि यसैलाई अवसर मानेर थुप्रै स्वादका चकलेट मात्र पाइने व्यवसाय सुरू गर्ने सोचेका हुन्।

    ‘हामीकहाँ चकलेट धेरै पाइए पनि गुणस्तरीय र स्वादिलो स्वाद पाउन विदेशकै खानुपर्छ,’ सौरभले भने, ‘फेरि चकलेटकै लागि भनेर कुनै विशेष ठाउँ वा पसल छैन। विदेशमा भने चकलेटकै मात्र पसल हुन्छ। हामीलाई पनि थुप्रै स्वादका प्रिमियम चकलेट पाइने एउटा ठाउँ सञ्चालन गर्ने मन थियो।’

    सुरूमा त उनीहरूले पनि विदेशी चकलेट ब्रान्डकै फ्रान्चाइज ल्याउन खोजेका थिए। प्रक्रिया निकै झन्झिटलो भइदियो। बुझ्दै जाँदा आफैंले राम्रो चकलेट बनाउन सक्ने थाहा पाए।

    तर सौरभ र सलोनी दुवैलाई चकलेट बनाउनेबारे ज्ञान थिएन। चकलेट बनाउन चाहिने कोकोआ यहाँ भनेजसरी नपाइने पनि। त्यसैले उनीहरूले भारतमा रहेका एक साथीसँग सहयोग मागे। उनकै सुझावअनुसार भारतबाटै आयात गरे। सलोनीका अनुसार उनीहरूले ल्याउने कोकोआ भारतमा उत्पादित भने होइन। घाना र नाइजेरियाबाट भारतमा आउँछ र त्यहाँबाट नेपाल ल्याउने हो।

    सामग्री त आयो, अब बनाउने कसरी?

    उनीहरूले इन्टरनेटमार्फत् र अनलाइन कक्षाहरू लिएर सिके। तर सजिलो कहाँ थियो र!

    ‘तरिका नमिलेर कति बिग्रियो। हामीसँग चकलेट बनाउने मेसिन थिएन, नेपालमा पनि नपाइने। यहीँ भएका सामानबाट बनाउँदा चकलेटको हेर्दा राम्रो हुन्थेन,’ उनले अनुभव सुनाइन्।

    उनीहरूले प्रयास भने छाडेनन्। निरन्तर बनाइरहँदा स्वादिलो चकलेट बनाउन सक्ने भए। बनावट राम्रो बनाउन भने मेसिनै चाहिन्थ्यो। उनीहरूले भारतबाटै ल्याए।

    हात सिपालु भइसक्दा मेसिन पनि आएपछि उनीहरूले बनाएका चकलेट कुनै विदेशी ब्रान्डकाभन्दा कम भएनन्। सुरूमा घरपरिवार, आफन्त र साथीलाई खान दिए। सबैबाट राम्रो प्रतिक्रिया आएपछि इन्स्टाग्राममा ‘येजु चकलेट नेपाल’ पेज खोले र व्यवसाय सुरू गरे।

    सौरभका अनुसार येजु नेवार शब्द हो जसलाई नेपालीमा मनपर्ने मान्छे भनेर बुझिन्छ। प्रायः आफ्ना मनपर्ने मान्छे वा प्यारो व्यक्तिलाई चकलेट दिएर आफ्नो माया देखाउने चलन छ। त्यसैले कसैलाई उपहार दिन येजु चकलेट सम्झिने सोचमा ब्रान्डलाई यो नाम दिएको उनी बताउँछन्।

    सुरूका दिनमा येजु चकलेट व्यापार हुन्थेन। अहिले उपहार दिने चलन बढेसँगै चकलेट किन्नेको संख्या पनि बढेको उनको भनाइ छ।

    सौरभ व्यवसायका विद्यार्थी हुन्। सलोनी भने बिबिए स्नातक गरिरहेकी छिन्। उनीहरूको भेट एक संस्थामा जागिर गर्दा भएको हो।

    परिवार व्यवसाय क्षेत्रबाट आएकाले सौरभले आफ्नो परिवारबाट पूर्ण समर्थन पाए। सलोनीलाई भने घरपरिवारले बुझे पनि केही आफन्तले ‘केटा र केटी व्यवसाय सहकर्मी हुनुहुँदैन’ सम्म भनेछन्। तर उनले यी कुरालाई बाधा बन्न दिइनन्। येजु चकलेटले अहिले राम्रो व्यवसाय गर्न थालेपछि कुरा काट्नेको मुख बन्द भएको उनी बताउँछिन्।

    पचास हजार रूपैयाँ लगानीमा एक वर्षअघि सुरू भएको येजुले अहिले महिनामा ६ लाखसम्मको व्यापार गर्ने सौरभले बताए। चाडपर्व बेला अझै राम्रो हुन्छ।

    उनीहरूले चकलेटका थुप्रै स्वाद अनुसन्धान गरी आफ्नो ब्रान्डमा राखेका छन्। यी चकलेटमध्ये सबभन्दा सस्तो सेमी डार्क मिनीबार हो जुन ३० रूपैयाँ पर्छ। यसैगरी ब्लुबेरी स्वादमा ७० प्रतिशत डार्क चकलेट भने सबभन्दा महँगो हो। यसको चार सय ५० रूपैयाँ पर्छ। प्रायः ग्राहकले भने मार्समेलो ह्वाइट चकलेट रूचाउने सौरभले जानकारी दिए। यसको दुई सय ५० रूपैयाँ छ।

    येजुले ग्राहकको रोजाइअनुसार ‘कस्टमाइज्ड’ चकलेट पनि बनाउँछ। कसैको फोटो भएको चकलेट चाहिए कस्टमाइजको काम सित्तैमा गरिदिने उनीहरू बताउँछन्।

    चाँगाथलीबाट उत्पादन गरिरहेको येजुको कार्यालय पुल्चोकमा छ। उनीहरूले देशभर डेलिभरी गरिरहेका छन्।

    ठूला विदेशी ब्रान्डको बजारमा बलियो उपस्थिति छ। यस्तोमा उनीहरूलाई सानो पुँजी र उत्पादनले प्रतिस्पर्धा गर्न सहज छैन। तर उनीहरू ती कम्पनीसँगको प्रतिस्पर्धामा नभइ आफ्नै ब्रान्ड स्थापनामा जोड दिइरहेका छन्। सलोनीका अनुसार धेरै उत्पादन गर्दा चकलेटको मौलिक स्वाद हराउँछ। त्यसैले येजुको स्वादमा उनीहरूलाई सम्झौता गर्न मन छैन।

    ‘विदेशी कम्पनीको बजेट निकै ठूलो हुन्छ। हामीलाई अहिल्यै त्यहाँ पुग्न गाह्रो छ। त्यसैले हामी आफ्नै तरिकाले अगाडि बढिरहेका छौं,’ उनीहरू भन्छन्, ‘ग्राहकलाई मिठो स्वाद दिएर नेपाली प्रिमियम चकलेट चिनाउनु हाम्रो मुख्य लक्ष्य हो।’

    उनीहरू चाँडै येजु चकलेटको आफ्नै पसल खोल्ने योजना पनि बनाइरहेका छन्।

    शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.