• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

विदेश घुम्न जानेलाई १५०० डलर दिने लिखत, २५० मात्रै दिन राष्ट्र बैंकको मौखिक आदेश


  •   सोमबार, मङि्सर ०६, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल राष्ट्र बैंकको मौखिक आदेशपछि बैंक तथा वित्तीय संस्थाले विदेश घुम्न जाने नेपालीलाई २ सय ५० डलर मात्रै दिन थालेका छन् ।

    Advertisement

    केन्द्रीय बैंकले गएको असोजमा बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई फोन गरी विदेश घुम्न जाने नेपालीलाई २ सय ५० डलरभन्दा बढी दिएमा कारबाही गर्ने चेतावनीसमेत दिएको एक बैंकरले बताए ।तर, केन्द्रीय बैंकले जारी गरेको निर्देशनमा पासपोर्ट तथा भिसा सुविधाअन्तर्गत १५०० डलर दिने उल्लेख छ ।

    ‘राष्ट्र बैंकले १५०० डलर नै दिने सुविधा कायम राखेको छ । पूर्ववत् सुविधामा कुनै कटौती गरेको छैन’, राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल भन्छन्, ‘सरकारले मन्त्रीस्तरीय निर्णयबाट २५० डलर मात्रै लैजाने व्यवस्था गरेकाले बैंक तथा वित्तीय संस्था आफैंले सुविधा घटाएका होलान् ।’

    दसैंमा नेपालीहरु विदेश घुम्न जाँदा नेपालबाट धेरै डलर बाहिरिएपछि केन्द्रीय बैंकले नगद २ सय ५० डलरमा सीमित गर्न बैंकहरुलाई निर्देशन दिएको हो । ‘अहिले कुनै पनि बैंकले २ सय ५० डलर भन्दा बढी नगद दिँदैनन्’ एक जना बैंकर सुनाउँछन् ।

    राष्ट्र बैंकले नयाँ निर्देशन ल्याएको छैन । निर्देशनमा अहिले पनि १ हजार ५०० डलरको सुविधा कायमै छ । तर, बैंकहरुलाई दिएको निर्देशनमा २ सय ५० भन्दा बढी डलर नदिन भनिएको छ । बैंकको निर्देशनपछि बैंकहरुले असोजयता १ हजार ५०० डलर उपलब्ध गराउन सकेका छैनन् ।

    आयात बढेर सरकारमाथि विदेशी मुद्रा सञ्चितिमा निरन्तर दबाब पर्दै गएपछि केन्द्रीय बैंकले यस्तो नीति लिएको हो । रेमिट्यान्स प्रवाहमा कमी आउन थाले पनि विदेशी मुद्राको सञ्चितिमा पर्ने दबाबलाई कम गर्न केन्द्रीय बैंकले नयाँ उपाय लगाएको हो ।

    चालु आर्थिक वर्षको असोज मसान्तसम्म विदेशी विनिमय सञ्चिति ५.७ प्रतिशतले कमी आई असोज मसान्तमा १३ खर्ब १९ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो ।

    राष्ट्र बैंकका सहप्रवक्ता पोखरेलका अनुसार मन्त्रीस्तरीय निर्णयबाट युरोप, अमेरिका, जापान र कोरिया घुम्न जाने नेपालीको हकमा ५०० अमेरिकी डलर तथा खाडी मुलुक, मलेसिया, सार्क राष्ट्र र थाइल्यान्डको हकमा न्यूनतम २ सय ५० डलर मात्र लैजान पाउने निर्णय गरेकाले बैंकहरुले त्यसलाई लागू गरेको हुन सक्ने बताए । केन्द्रीय बैंकले अध्यागमन कार्यविधि २०६४ संशोधन गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

    सोमबार, मङि्सर ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.