काठमाडौं – नेपाल र भारत सरकारबीच कोरोना खोपको बिषयलाई लिएर समझदारी भएको छ ।
मंगलबार भारतीय राजदूत विनयमोहन क्वात्रा र स्वास्थ्य सचिव डा. रोशन पोखरेलबीच स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । सो भेटवार्तामा उनीहरुबीच कोरोना खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेपाल र भारत मध्ये कुनै एक देशको कोरोना खोप प्रमाणपत्रले दुवै देशमा मान्यता पाउनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार अब दुवै देशका नागरिकले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिएर मात्रै आवतजावत गर्न सक्नेछन् ।
