नेपाल, कतार तथा अमेरिकामा रहेको कम्पनी बिच आपसी साझेदारीमा निर्माण तथा रियल स्टेट व्यवसायमा काम गर्ने सम्झौता भएको छ ।
बुधवार काठमाण्डौमा गरिएको पत्रकार सम्मेलनमा उक्त कुरा उल्लेख गर्दै लामो समयसम्म नेपालमा निर्माण तथा रियल स्टेट क्षेत्रमा आफ्नो सेवा प्रदान गर्दै आईरहेको एसवन ग्रुप अफ कम्पनी तथा अमेरिकामा सिटि प्लानर तथा डेब्लपरको रुपमा काम गरिरहेको एम्प्लीफाई डेब्लप्मेण्ट तथा कतारमा निर्माण क्षेत्रमा काम गरिरहेको एस वि.जि. कन्ट्राक्टिङ संघ बिच आगामी दिनमा निर्माण तथा रियल स्टेट व्यवसाय सम्वन्धि काम मिलेर गर्ने संझौता भएको छ ।
उक्त कार्यक्रममा बोल्दै अमेरिकन कम्पनी एम्प्लीफाई डेब्लपरका अध्यक्ष ई. कुलमणि आचार्यले बिगत १८ बर्षदेखि अमेरिकामा वसेर त्यस क्षेत्रको नगरपालिका तथा स्माट सिटिमा काम गरिरहेको र त्यहि बिज्ञता तथा टेक्नोलोजिलाई नेपालको बिकासमा समेत टेवा पुग्ने हिसावले आपसी सम्झौता गरेर काम गर्ने निर्णय गरेको बताउनु भयो । सकारात्मक सोच र उच्च संकल्प सहित एक आपसमा हातेमालो गरि अघि बढियो भने समाज तथा राष्ट्रलाई समृद्ध बनाउन सकिन्छ भन्ने बिश्वास रहेको ई. आचार्यले बताउनु भयो ।
उक्त पत्रकार सम्मेलनमा बहुउदेश्य कम्पनी एसवन ग्रुपले नेपालमा हाल निर्माण तथा रियल स्टेट क्षेत्रका साथै बिभिन्न सरकारी तथा प्राईभेट क्षेत्रमा उल्लेखनिय योगदान गर्दै आईरहेको कम्पनीका अध्यक्ष सुरज न्यौपानेले वताउनु भयो । साथै आधुनिक भवन, होटल, स्कुल तथा कलेजको डि.पि.आर. तथा भवन निर्माणमा काम गरिसकेको एसवन बिल्डर्स एण्ड सप्लायर्सले घर तथा भवन निर्माणमा उपभोक्तालाई पर्ने समस्या महशुस गरि दक्ष अनुभबि ईन्जिनियर, निर्माणकर्मीको निगरानीमा नक्सा पासदेखि सम्पुर्ण निर्माण सामानको जिम्मा लिएर चितवन तथा पोखरामा कार्यालय संचालन गरि आफ्नो सेवा प्रदान गर्दै आईरहेको र आगामी दिनमा हस्पिटालिटी तथा उत्पादन क्षेत्रमा समेत काम गर्ने लक्ष्य कम्पनीले लिएको अध्यक्ष न्यौपानेले उक्त सम्मेलनमा जानकारी दिनु भयो ।
साथै उक्त कार्यक्रममा अमेरिकाका लागि एम्वास्डर डा. अर्जुन कार्की, एन.आर.एन. प्रेमराजा महत (लोक गायक), महमत मोहन, डा. राम प्रसाद धिताल, डा. नारायण मरासैनी, डा. पशुपति पोखरेल, ई. सुनिल रिजाल, ई. शिब दंगाल, कृष्ण रेग्मी, गिरीराज अधिकारीका साथै किरण मरहठ्ठाले शुभकामना व्यक्त गर्नु भएको थियो ।
