रिलायन्स फाईनान्स लिमिडेटको बाह्रौ वार्षिकोत्सवको अवसरमा मिति २०७८ मंशिर १७ गते “हाम्रो रिलायन्स राम्रो रिलायन्स” श्लोगनका साथ नारायणगढ शाखाको आयोजना तथा श्री भिम कपी उद्योगको सहकार्यमा “स्टेशनरी सामाग्री वितरण कार्यक्रम” नारायणगढ शाखाका शाखाप्रमुख श्री बुद्ध नारायण श्रेष्ठको अध्याक्षतामा श्री चमेलीदेवी पिया माध्यामिक विद्यालय, भरतपुर–३, नौघरेमा अध्ययन गर्ने ६५ जना बिपन्न तथा आर्थिक स्तर कमजोर भएका जेहन्दार विद्यार्थीहरुलाई “स्टेशनरी सामाग्री वितरण कार्यक्रम” सम्पन्न गरेको छ ।
कार्यक्रममा रिलायन्स फाईनान्स, नारायणगढ शाखाका शाखाप्रमुख श्री बुद्ध नारायण श्रेष्ठले रिलायन्स फाईनान्स एक राष्ट्रिय स्तरको फाईनान्स कम्पनी भएको र यसले नेपालभरी २१ वटा शाखा सञ्जालबाट ग्राहक बर्गमा वित्तिय सेवा प्रदान गर्दै आएको जानकारी गराउदै यसले साधारण बचत खातामा दैनिक व्याजदरमा ६ प्रतिशत देखि ७ प्रतिशत र मुद्धति बचत खातामा ९.३५ प्रतिशत देखि १०.३५ प्रतिशत सम्मव्यजदर वितरण गर्ने गरेकोे समेत जानकारी गराउनु भएको थियो ।
साथै “हाम्रो रिलायन्स राम्रो रिलायन्स” को अवधारण र सामाजिक कार्यमा रिलायन्सको योगदानको बारे स्पष्ट पार्दै आगामी दिनमा पनि सामाजिक कार्यमा रिलायन्स फाईनान्स अग्रपंक्तिमा रही कार्य गर्ने समेत जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा विद्यालयका निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री एक प्रसाद लामिछाने, शिक्षकअभिभावक संघका अध्यक्ष श्री तोयानाथ चालिसे तथा विद्यालयका प्रधानाध्यापक श्री प्रदिप काफ्ले समेतले रिलायन्सकोफाईनान्सको बाह्रौ वार्षिकोत्वसको अवसरमाउत्तरोत्तर प्रगतिको शुभ–कामना व्यक्तगर्नुको साथै रिलायन्सको सामाजिककार्य प्रति मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो ।
