• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ६. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ७. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

माओवादीको ३२ वटा विभाग गठन, कुन विभागको जिम्मेवारी कसलाई


  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीका ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ । विषय विज्ञसमेत राखेर बनाइएका विभाग प्रमुख र उपप्रमुख भने पार्टीका नेताहरूलाई नै बनाइएको छ । ३२ वटा विभाग गठन गरेपनि केही विभागले अझै पूर्णता पाएका छैनन् । पूर्णता पाउन बाँकी रहेका विभागहरूमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्णता दिने अधिकार दिएको छ । विभागको अलवा माओवादी केन्द्रले नीति अनुसन्धान प्रतिष्ठान गठन गरेपनि यसको प्रमुख र उप्रमुखसहित १५ सदस्य नियुक्त गर्न बाँकी रहेको छ । सामान्य प्रशासन र संसदीय विभागमा पनि १६÷१६ जना सदस्य नियुक्त भएका छैनन् । माओवादी केन्द्रले सवै विभागको पूर्णता दिएर मंसिर महिनाभित्र सपथ लिइ आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा विभागबाट १० प्रतिशत प्रतिनिधि चयन गर्नुपर्नेछ ।

    Advertisement

    माओवादीका सवै विभागले पूर्णता पाउदा ३५ सदस्यीय रहने छन् । त्यस्तै विपदमा नौ, श्रममा २, विज्ञानमा ३, वन तथा वातावरणमा २  सदस्य खाली नै रहेका छन् । त्यस्तै सुरक्षामा ७ तथा राजकीयमा मामला तथा सुशासनमा १० जना सदस्य खाली नै रहेको छ । त्यस्तै पुस्तकालय,निर्वाचन, जलश्रोत, खानेपानी, कोष तथा आर्थिक उपभोक्ता हित विभागले पनि पूर्णता पाएको छैन ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हालै जारी गरेको आन्तरिक सर्कुलरमा अर्थ विभाग प्रमुखमा वर्षमान पुन अनन्त रहेका छन् भने उपप्रमुख विन्दमान विष्ट रहेका छन् । त्यसैगरी उद्योग बाणिज्य तथा आपुर्ति विभागको नेतृत्व वामदेव क्षेत्रीले पाएका छन् । यो विभागको उपप्रमुखमा कृष्ण आचार्य रहेका छन् । उपभोक्ता हित आपुर्ति विभागको प्रमुखमा मात्रिका यादव रहेका छन् भनेउपप्रमुमख र १० जना सदस्यमा अहिलेसम्म कसैलाई पनि नियुक्त गरेको छैन ।

    माओवादीले कृषि तथा भूमिसुधार विभागको प्रमुख नेता हरिबोल गजुरेललाई बनाएको छ भने उपप्रमुखको जिम्मेवारी पूर्णकुमारी सुवेदीलाई दिएको छ ।त्यस्तै कोष तथा आर्थिक विभागको प्रमुखमा डोरप्रसाद उपाध्याय र उपप्रमुखको जिम्मेवारी विमल खतिवडाले पाएका छन् । यो विभागमा पनि ५ जना सदस्य नियुक्ती गर्न बाँकी नै रहेको सर्कुलरमा उल्लेख छ ।

    नेता लीलामणि पोखरेलको नेतृत्वमा जलश्रोत तथा सिंचाई विभाग गठन भएपनि यसको उपप्रमुख कोही तोकिएको छैन । यो विभागमा पनि तीन जना सदस्य मनोनयन बाँकी नै रहेको छ ।खिमलाल देवकोटाको नेतृत्वमा निर्वाचन विभाग बनाएपनि उपप्रमुख र सात जना सदस्य तोकेको छैन । माओवादीको कानुन न्याय तथा मानवअधिकार विभागको जिम्मेवारी मुक्तिनारायण प्रधानले पाएका छन् । यो विभागको पनि उपप्रमुख तोकिएको छैन । पुर्व मन्त्री झक्कु सुवेदी पर्यटन पर्वद्धन तथा नागरिक उड्डयन विभागको प्रमुख बनेका छन् भने प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी कृष्ण बहादुर महराले पाएका छन् । प्रचार तथा प्रकाशन विभागको उपप्रमुख महेश्वर दाहाल रहेका छन् । यो पार्टीले प्रादेशीक मामिला विभागको प्रमुखमा परशुराम तामाङ र उपप्रमुख हरिनारायण चौधरीले जिम्मेवारी पाएका छन् ।

    पार्टी स्कुल विभागको जिम्मेवारी अध्यक्ष प्रचण्ड आफैले राखेका छन् भने यसको उपप्रमुखमा गिरिराजमणि पोखरेल चयन भएका छन् । पुस्तकालय तथा अभिलेख विभागको नेतृत्व नारायण शर्माले पाएका छन् भने उपप्रमुख र १२ जन सदस्य अझै तोकिएको छैन । हरि अधिकारीको नेतृत्वमा भौतिक पुर्वाधार तथा यातायात व्यवस्था विभाग बनाएको माओवादीले उपप्रमुख खाली राखेको छ ।

    गणेशमान पुन प्रमुख र किरण राई उपप्रमुख रहेको युवा तथा खेलकुद विभाग बनाएको माओवादी केन्द्रले राजकीय तथा सुशासन विभागको प्रमुख र उपप्रमुखको जिम्मेवारी क्रमशः रेखा शर्मा र नरेश भण्डारीलाई दिएको छ । यो विभागमा पनि १० सदस्य खाली छ ।

    राष्ट्रिय सुरक्षा विभागको जिम्मेवारी कृष्ण बहादुर महराले पाएका छन् भने उपप्रमुखको जिम्मेवारी सन्तकुमार दरैले पाएपनि ८ सदस्य पद रिक्त रहेका छन् । त्यसैगरी शक्ति बहादुर बस्नेतले वन तथा वातावरण विभागको जिम्मेवारी पाउदा सुनिलकुमार मानन्धर उपप्रमुख भएपनि २ सदस्य बाँकी नै रहेको छ । उता विज्ञान तथा प्रविधि विभागको प्रमुखमा गणेश शह रहेपनि उपप्रमुख र ३ सदस्य खाली रहेको छ ।

    विदेश विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ रहेका छन् भने उपप्रमुखमा सुरेन्द्रकुमार कार्कीले जिम्मेवारी पाएका छन् भने शिक्षा तथा मानव श्रोत विभागको प्रमुखमा मायाप्रसाद शर्मा र उपप्रमुखमा जीवन गौतम रहेका छ्न् ।

    श्रम तथा रोजगार विभागको प्रमुखमा रामेश्वर राय यादव रहेपनि उपप्रमुखसहित अन्य दुई सदस्य बाँकी नै रहेको छ । संगठन विभाग प्रमुखमा जनार्दन शर्मा रहेपनि उपप्रमुखसहित २१ जना सदस्य खाली रहेको छ ।

    संघीय संसदीय विभागको प्रमुख अध्यक्ष प्रचण्ड आफै छन् भने उपप्रमुखमा कृष्ण बहादुर महरा रहेका छन् । यो विभागमा पनि १४ जना सदस्य नियुक्त भएका छैनन् । सत्या पहाडीको नेतृत्वमा समाजकल्याण विभाग गठन भएपनि उपप्रमुख तोकिएको छैन । त्यस्तै सहकारी तथा गरिवी निवारण विभागको प्रमुखमा धर्मदत्त देवकोटा चयन भएका छन् । यो विभागमा पनि उपप्रमुख तोकिएको छैन ।

    शहरी विकास प्रमुखको जिम्मेवारी देवेन्द्र पौडेलले पाएका छन् भने उपप्रमुखको जिम्मेवारी डा। कलबहादुर रोकायाले पाएका छन् । यो विभागमा पनि दुई सदस्य खाली नै रहेको छ । टेकबहादुर बस्नेत सामान्य प्रशासन विभाग प्रमुख रहँदा उपप्रमुखमा भरत लामिछानेले जिम्मेवारी पाएपनि १६ सदस्य खाली नै रहेको छ ।

    गोपाल ठाकुर प्रमुख रहेको साहित्य कला संस्कृति विभाग रहेको छ भने उपप्रमुख सरल सहयात्री रहेका छन् । स्थानीय तह विभाग प्रमुखको जिम्मेवारी उर्मिला अर्यालले पाएकी छन् भने उपप्रमुखको जिम्मेवारी प्रकाश विकल्पले पाएका छन् । उता स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा कल्पना धमला आएकी छन् भने उपप्रमुख तोकिएको छैन । सूर्यप्रसाद सुवेदीको नेतृत्वमा विपद व्यवस्थापन विभाग रहेपनि उपप्रमुख र ९ सदस्य खाली रहेको छ ।नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख र उपप्रमुख कोही तोकिएको छैन, जसको सदस्य १५ जना खाली रहेको छ ।

    बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ६.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.