काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अहिले उपसभापतिको मत गणना जारी रहेको छ ।
१३ सय मतगणना हुँदा धनराज गुरुङले फेरि अग्रता लिएका छन् । सुरुवाती अग्रता लिएका गुरुङ ९ सय मत गन्दा दोस्रोमा पुगेका थिए । अहिले उनले ५४३ मत प्राप्त गरेका छन् ।
यस्तै पूर्णबहादुर खड्काले ५०२, विजयकुमार गच्छदारले ४५४ मत ल्याएका छन् । चन्द्र भण्डारीको ४७२ मत आएको छ ।
