काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ ।
२३ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका छन् भने चन्द्र भण्डारी पछिपछि रहेका छन् । कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।
यस्तै २३ सय मत गणना हुँदा धनराज गुरुङको ९६०, डा.चन्द्र भण्डारीको ८७०, विजयकुमार गच्छदारको ६६०, पूर्णबहादुर खड्काको ८४०, सुजाता कोइरालाको १३८, महेश आचार्यको १२३ र दिव्यश्वरी शाहको ३५ मत रहेको छ ।
