निराज रानाभाट , काठमाडौं : यूएईले हप्ताको २ दिन सार्वजनिक बिदा दिन थालेको छ । सन् २०२२ को शुरुवातसँगै यूएई सरकारले शुक्रबार आधा दिन , शनिबार र आइतबार भने पूरा दिन बिदाको घोषणा गरेको छ ।
अब यूएईमा हप्तामा ४ दिन पूरा र १ दिन आधा कार्य समय हुने छ । सन् २०२२ को शुरुवातसँगै यूएईका सरकारी कार्यालय र विद्यालयहरूमा यो नियम लागू भइसकेको छ , तर यूएईको सारजहा राज्यले भने शुक्रबार पनि पुरा दिन नै बिदा दिने निर्णय गरेको छ । सारजहाँमा यो नियम सरकारी कर्मचारी र विद्यार्थीहरूका लागि लागू हुने छ ।
अन्य राज्यमा भने शुक्रबार बिहान ०७:३० बजेमा कार्य समय शुरु हुने छ भने दिउँसो १२:०० बजे सकिने छ ।यूएईका कतिपय निजी कम्पनीले भने शुक्रबार आधा दिनको बिदा नदिइ शनिबार र आइतबार पूरा बिदा दिने गर्न थालेका छन । कम्पनीहरूले मध्यदिनमा विश्रामको समय दिने र त्यो समयमा कामदारले प्रार्थना सहभागी हुन सक्ने बताएका छन । यूएई सरकारले यसबाट श्रमिकलाई राम्रो कार्य जीवन दिने र उत्पादकत्व बढाउने विश्वास लिएको छ ।
