काठमाडौं – नारायणहिटी दरबार संग्राहालयभित्र रेस्टुरेन्ट बनाउन लागिएको बिषय अहिले चर्चा र विवादमा छ । यसैबीच दरबारभित्र बनाउन लागिएको संरचनाहरू भत्काउन थालिएको छ ।
नारायणहिटीभित्र रेस्टुरेन्ट चलाउन एक व्यवसायिकलाई सरकारले भाडामा दिएको कुरा चलेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रेस्टुरेन्ट बनाउन रोक लगाएका थिए।
आलेको निर्देशनमा मन्त्रालयले सहसचिव होमप्रसाद लुईँटेलको संयोजकत्वमा नारायणहिटी दरबार संग्राहालयमा रेस्टुरेन्ट बनाउन बतास समूहलाई दिने अहिलेसम्मका निर्णयको बारे छानबीनको लागि समिति गठन गरेको थियो ।
सो समितिले शुक्रबार त्यहाँ बँन्दै गरेका संरचनाहरू भत्काएको छ भने केही संरचनाहरू भत्काउन तयारी अवस्थामा रहेको छ । दरबारभित्र रेस्टुरेन्ट बनाउन बतास कम्पनीसँग सम्झौता गरेको थियो ।
समितिले संग्राहालयका १० रोपनी जमिनमा रेस्टुरेण्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो । संग्राहालयभित्र रेस्टुरेण्ट बन्दै गरेको समाचार बाहिरिएपछि आलोचना भएको हो ।
