चितवन : चितवनको गौरव र गरिमामय प्रस्तुती रहेको चितवन महोत्सव भोली देखी सुरु हुने भएको छ । कोराना कहरका विच उच्च स्वास्थ्य सर्तकता अपनाउदै सुरु हुने महोत्सवको सबै तयारी पुरा भएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले चितवनको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नु चितवन महोत्सव प्रमुख उद्देश्य रहेको स्पष्ट पारे।
१३ औँ संस्करणको रुपमा रहेको महोत्सवको एक भव्य समारोहका विच वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्धघाटन गर्ने कार्यक्रम तय भएको वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठले जानकारी दिए ।
भरतपुर महानगरपालिका र जिल्ला समन्वयन समिति प्रर्वद्धक रहेको महोत्सवमा ३५० वटा स्टल रहेको महोत्सव प्रर्वद्धन समितिका संयोजक सुमन श्रेष्ठले बताए ।
एकै प्रकृतिका वस्तु तथा उत्पादनका लागि छुट्टाछुट्टै परिसर तोकिएको छ उनले भने, ‘मेड इन नेपालको छुट्टै स्थान छ । अटोको छुट्टै, कृषिको छुट्टै, इलेक्ट्रिकको छुट्टै र अन्य व्यावसायीहरुको छुट्टैछुट्टै परिसर ले थ आर्कषण बनाएको छ ।
आर्थिक समिति संयोजक एवम् उवासंघका निवर्तमान अध्यक्ष सहनलाल प्रधानले उद्घाटन अघिसम्म महोत्सवमा ५० लाखभन्दा बढी खर्च भइसकेको र महोत्सवमा ५ करोड बढी कारोबार हुने अनुमान छ ।
महोत्सवमा यो पटक महको बजारीकरणलाई जोड दिदै महोत्सव परिसरमा मौरीको डमी पनि प्रदर्शन विशेष आर्कषण छ ।
महोत्सव सुरु हुन अगाडी बृहत् र्यालीले नारायण बजार परिक्रममा गर्नेछ ।
महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, विभिन्न जनजाती र भाषाभाषि सबैको सांस्कृतिक प्रदर्शन र २८ गतेदेखि २ गतेसम्म क्याम्पस चौरमा फुड फेस्टिबल पनि हुनेछ । यस्तै शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि क्षेत्रको विकासका लागि ४ दिनसम्म यससम्बन्धि विज्ञहरु बोलाएर महोत्सवमा गोष्ठी सेमिनार गरिने गोष्ठी संयोजक राजेन्द्र ओलीले बताए । महोत्सवमा प्रवेश शुल्क ५० रुपैयाँ रहेको बताउँदै विद्यार्थीका लागि २५ रुपैयाँ तोकिएको छ ।
