• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनचाँदीको मूल्य बढ्यो

चितवन राष्ट्रिय निकुञ्जमा भाले नहुँदा घडियाल सङ्कटमा


  •   बुधबार, माघ १९, २०७८ मा प्रकाशित
  • चितवन : घडियाल गोहीको सङ्ख्या बढाउन प्रजनन केन्द्रमा काम गर्नेका लागि भाले गोही समस्या भएको छ । दुर्लभ जलचर घडियालको भाले कम जन्मने हुँदा यसले सङ्ख्या वृद्धिमा पनि असर गरेकोे विज्ञहरूको निष्कर्ष छ ।
    घडियालविज्ञ वेदबहादुर खड्का घडियाल भालेको जन्म नै दुर्लभ हुने बताउनुहुन्छ । “घडियाल भालेको जन्म नै दुर्लभ छ,” उहाँले भन्नुभयो, “पोथीको तुलनामा भाले कम जन्मँदा भालेको अभाव हुने गर्छ ।” भाले नभएकै कारण गोहीका अन्डा नै बतासे (बच्चा जन्माउन नसक्ने) हुने गरेको पनि उहाँले जनाउनुभयो ।

    Advertisement

    “भाले नलागेका अन्डा बतासे हुन्छन्, त्यसबाट बच्चा कोरल्न सकिँदैन,” विज्ञ खड्का भन्नुहुन्छ, “भालेकै अभावमा अघिल्लो वर्ष घडियाल प्रजनन केन्द्रमै तीन सय अन्डा बतासे भएर फाल्नु परेको थियो ।” नदी किनारका बालुवामा भएका गोहीका गुँडमै भेटिने अन्डा पनि नकोरली बतासे हुनुमा भाले नलागेकै प्रमुख कारण भएको उहाँको निष्कर्ष छ ।

    विज्ञका अनुसार घडियालमा भाले पोथी छुट्टयाउने आधार भनेकै गोहीको ठुँडोमा हुने घडीजस्तो बनावट हो । त्यो भएको भाले र नभएको पोथी हुन्छ । गोहीको भाले वा पोथी जन्म गोहीको अन्डा रहेको गुँडको तापक्रममा भर पर्छ । “गोहीले बालुवामा गुँड बनाउँछ, त्यो गुँडको तापक्रम ३० देखि ३२ डिग्री भयो भने भाले जन्मने सम्भावना बढी हुन्छ,” घडियाल प्रजनन केन्द्रका पूर्वप्रमुखसमेत रहनुभएका खड्का भन्नुहुन्छ, “सामान्य अवस्थामा तापक्रमको सन्तुलन नमिल्दा पनि भालेको जन्म कम भएको हो ।”
    पुसदेखि फागुनसम्म घडियालको भाले लाग्ने मौसम हो । पानीभित्र भाले र पोथी पुच्छर जोडेर सहबास गर्छन् । यिनीहरूको प्रजनन अङ्ग पुच्छरसँगै हुन्छ । भाले लागेको पोथी घडियालले वैशाख जेठमा अन्डा पार्छ । अन्डा कोरलेर बच्चा जन्माउन घडियाललाई ६५ देखि ९० दिन लाग्छ । यही अन्डा कोरल्ने बेलाको तापक्रमकै आधारमा भाले पोथी जन्मन्छ ।

    यसरी जन्मिएको गोही १५ देखि ५० वर्ष उमेरसम्मका लागि प्रजननयोग्य मानिन्छ । विश्वमै दुर्लभ मानिएको घडियाल नेपाल र भारतमा मात्रै पाइने सरिसृप हो । सन् २०२० को गणनाअनुसार चितवनको राप्ती नदीमा ११८ र नारायणी नदीमा १०१ गोही छन् तर अहिले यो सङ्ख्या केही बढेको अनुमान विज्ञहरूको छ । राप्ती र नारायणीमा गरी २४० देखि २५० घडियाल गोही रहेको विज्ञहरूको दाबी छ । तीमध्ये भाले पाँचवटा मात्र भएको बताइन्छ । नारायणी र राप्तीका अतिरिक्त कालीगण्डकी, सप्तकोसी, कर्णाली र बबईमा पनि घडियाल छन् । केही समयअघि चितवनमा भालेको अभाव भएपछि बर्दियाबाट ल्याइएको थियो । “प्रजनन केन्द्रमै गोहीका अन्डा बतासे हुन थालेपछि केन्द्रमा रहेको झन्डै ४० वर्षको भाले गोहीको प्रजनन क्षमता नभएको निष्कर्ष निकालेर बर्दियाबाट भाले ल्याइएको थियो,” प्रजनन केन्द्रका तल्कालीन प्रमुख खड्का भन्नुहुन्छ, “त्यो बेला भारतबाट ल्याउने कि भन्ने पनि सोच थियो तर प्रक्रिया मिलाउन झन्झटिलो हुने भएपछि बर्दियाबाटै ल्याइएको हो । ”

    चितवन राष्ट्रिय निकुञ्जले सन् १९७८ (वि.सं. २०३५)मा घडियाल प्रजनन केन्द्र स्थापना गरेर यसको प्रजनन गराउँदै आएको छ । केन्द्रले सन् १९८१ यता हुर्काएकामध्ये नेपालका नदीमा एक हजार ५९७ वटा गोही छाडिइसकेका छन् । यसरी प्रजनन केन्द्रमै पनि गोहीका भाले उत्पादन हुन नसक्नु चिन्ताको विषय हो । जलचरविज्ञ एवं विश्व वन्यजन्तु कोषका परामर्शदाता रामप्रीत यादव प्राकृतिक रूपमा नभए पनि तापक्रम सन्तुलन मिलाएर कृत्रिम रूपमै प्रजनन केन्द्रमा भाले जन्माउन सकिन्छ कि भन्नेतर्फ अनुसन्धान हुनुपर्ने बताउनुहुन्छ । नभए घडियाल सकिने डर हुन्छ ।

    यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

    बुधबार, माघ १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.