काठमाडौं – प्यूठानमा बेहुली लिए फर्कदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । शनिवार बिहान नौबहिनी गाउँपालिकाको लुङबाट गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको १ बजे ग १ ज ५०९३ नम्बरको जीप ओखरपाटामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जीप सडकदेखि तल खोलामा खसेको हो । जीप दुर्घटनामा ज्यान गुमाउनेमा बसन्त खड्का, बसन्ता खड्का, एलिशा खड्का, केशरी खड्का, नन्दी खड्का, खिम खत्री, बले बुढा मगर रहेका छन् ।
एक जनाको पहचिान हुन सकेको छैन । घाइते भएका ५ जनाको प्यूठान अस्पताल बिजुवारमा उपचार भइरहेको जनाइएको छ ।
