अमेरिकी सहयोग परियोजना एमसीसी बिरुद्ध भरतपुरमा युवाहरुले विरोध प्रदशन गरेका छन । द युनाईटेड चितवनको आयोजनामा भएको विरोध प्रदर्शनमा सयौ देशभक्त युवाहरूको उपस्थिति रहेको थियो ।
प्रदर्शन चौवीसकोठीबाट सुरु भएको प्रदर्शनी बिरेन्द्र क्याम्पस रोड हुँदै पुन चौबीसकोठीमा पुुगी कोणसभामा परिणत भएको थियो । कार्यक्रम द युनाईटेड चितवनका संरक्षक दिवाकर राज श्रेष्ठको नेतृत्वमा भएको हो ।
प्रदर्शनमा रास्ट्रघाती एमसिसी चाहिदैन , देश बेच्न पाईदैन, रास्ट्रघाती एमसिसी संशोधन गर, राष्ट्रिय स्वाधिनता को रक्षा गरौ लगाएतको नारा लगाईएको थियो ।
कोणसभामा कार्यक्रम संयोजक श्रेष्ठले संशोधन विना एमसीसी पास हुन नदिने वताउनुभयो । उहाँले सचेत र राष्ट्रवादी युवाहरु एक भएमा नेपालको स्वाभिमान कसैले गिराउन नसक्ने जिकिर गर्नुभयो । एमसिसीको विरुद्धमा निरन्तर प्रदर्शन गर्ने श्रेष्ठले वताउनुभयो ।
