• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ४. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ५. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ६. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ७. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

ग्राउन्ड बुझ्छौँ, त्यसपछि गठबन्धनबारे निर्णय लिन्छौँ : कांग्रेस


  •   बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
  • काठमाडौँ । सत्ता गठबन्धन दलहरूभित्र आगामी निर्वाचनमा गठजोड गर्ने वा एक्ला–एक्लै प्रतिस्पर्धा गर्ने भन्ने बहस चलिरहेको छ । नेताहरूको हरेक दिनको बोली यही विषयकेन्द्रित छ । सरकार बनाउने सन्दर्भमा एकढिक्का बनेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) भित्र सत्ता गठबन्धनलाई चुनावी गठबन्धनमा परिणत गर्ने वा नगर्ने भन्ने बहस पेचिलो बन्दैछ । यस विषयमा नेताहरूकै बीच दोहोरी चलिरहेको छ ।

    Advertisement

    बुधबार दिउँसोमात्रै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दल मिलेर जाने सहमति भइसकेको बताए । ‘सत्ता गठबन्धनमा सहमति भइसकेको छ कि आगामी निर्वाचनमा हामी मिलेरै जाने हो, सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति ठाउँमा सकिन्छ, त्यहाँ मिल्ने हो,’ पार्टीको बैठकमा अध्यक्ष नेपालले सम्बोधन गरेका थिए ।

    बुधबारै गबठन्धनको नेतृत्वमा रहेको कांग्रेसले भने आगामी चुनावमा गठबन्धन गर्नेबारे कुनै सहमति नभएको प्रस्ट पारेको छ । गठबन्धन गर्नेबारे अहिले कुनै सहमति नभएको भन्दै कांग्रेसले पार्टीको ग्राउन्ड बुझेपछि मात्रै गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे केन्द्रीय कार्यसमितिमा छलफल गरेर निर्णयमा पुग्ने दाबी गरेको छ ।

    कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले चुनावमा तालमेल गर्ने वा नगर्नेबारे बोल्ने बेला नभएको बताए । ‘हाम्रो गठबन्धन सरकार छ, हाम्रो सभापति शेरबहादुर देउवा त्यो सरकारको प्रधानमन्त्री हुनुहुन्छ, अहिले हामी गठबन्धनमा भएका दलहरू पहिलो चरणमा आफ्ना पार्टीका एजेन्डा लिएर जनताको बीचमा जाँदैछौँ,’ खड्काले भने, ‘जनताको चाहना के छ ? पार्टीको ग्राउन्ड कस्तो छ ? त्यो बुझेपछि मात्रै यसबारे निर्णयमा पुग्छौँ ।’ उनले पार्टीको चुनावलक्षित एक महिने अभियानपछि मात्रै केन्द्रीय समितिमा गठबन्धनको विषयमा छलफल हुने बताए । ‘अहिले त्यसबारे बोल्ने बेला भएको छैन, यो पार्टीमा व्यापक छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने विषय हो,’ उनले भने, ‘अहिले नै बोल्नु अपरिपक्क हुन्छ ।’

    गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे कांग्रेसमा फरक–फरक मत छ । सभापति एवम् प्रधानमन्त्री देउवाले गठबन्धन दलहरूसँग चुनावी तालमेल हुने संकेत गरिसकेका छन् । तर, नेता शेखर कोइरालाले भने सरकार सञ्चालनमा गठबन्धन गरे पनि चुनावी गठबन्धन गर्नु उपयुक्त नुहने भन्दै आएका छन् ।

    सभापति देउवाले चुनावमा गठबन्धन हुने भनेर आफूनिकट नेता, कार्यकर्तालाई निर्देशनसमेत गर्ने गरेका छन् । तर, त्यसबारे औपचारिकरुपमा भने बोलेका छैनन् । मंगलबार केन्द्रीय कार्यालयमा एक महिने अभियानबारे तयारी बैठकमा देउवाले गठबन्धन दलहरूको चित्त दुख्ने गरी गाली नगर्न निर्देशन दिएका थिए । ‘हाम्रो गठबन्धन छ, गठबन्धनलाई बिच्काउने गरी व्यवहार नगरौं, त्यस्तो अभिव्यक्ति पनि नदिऔं,’ देउवाले भनेका थिए । उनले पार्टीले विगतदेखि नै लोकतान्त्रिक संस्कार अवलम्बन गर्दै आएको भन्दै त्यसलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।

    बैठकमा देउवाले गठबन्धन दलहरूबीचमा शंका उत्पन्न हुनेगरी कुनै पनि गतिविधि नगर्नू भन्ने निर्देशन दिएको एक नेताले बताए । ‘सभापतिज्यूले गठबन्धन दलहरूलाई चुनावी तालमेलमा इन्गेज गर्ने नीति लिनुभएको छ, बैठकमा पनि त्यही रुलिङ गर्नुभयो, अहिले गठबन्धन दलहरू नबिच्काऔं, अहिल्यै बिच्कायो भने विपक्षीसँग तालमेल गर्ने सम्भावना रहन्छ,’ ती नेताले भने, ‘अहिले गठबन्धनमा शंका उत्पन्न हुने कुनै गतिविधि नगरौं ।’

    कोइराला पक्षले भने कांग्रेसले कम्युनिस्ट गठबन्धन गरे पनि कम्युनिस्टले कांग्रेसलाई भोट नहाल्ने बताउँदै आएका छन् ।
    ‘हामीले गठबन्धन गरेर कम्युनिस्ट भोट हाल्छौं, तर कम्युनिस्टले रुख चिह्न मन पराउँदैनन्, हामीलाई भोट हाल्दैनन्,’ कोइरालानिकट एक नेताले भने ।

    बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ४.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ५.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ६.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.