काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी गठवन्धनको विपक्षमा नभएको बताएका छन् ।
बिहिबार रिपोर्टस क्लबको वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले सो कुरा गरेका हुन् । आफू अरु पार्टीका नेताहरुको सहयोगमा प्रधानमन्त्री भएको भन्दै उनले सहयोग गर्ने पार्टीसँग मिलेर जाने बताए ।
उनले भने – ‘अरु पार्टीका नेताहरुको सहयोगमा म प्रधानमन्त्री भएको हो । मलाई सहयोग गर्ने पार्टीसँग मिलेर जाने हो । अप्ठ्यारो त पर्नसक्छ तर त्यसलाई समाधान गरेर अगाडि बढ्छौं । त्यसमा चिन्ता गर्ने कुरा छैन’
